हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहको असल अभ्यास सम्बन्धी हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । सोमबार मकवानपुरको १० वटै पालिकाको प्रमुख र उपप्रमुखको सहभागिता भएको असल अभ्यास सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको सभाध्यक्षमा तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा मकवानपुर जिल्लाका १० वटै स्थानीय तहहरुले आफुले गरेका असल अभ्यासलाई कार्यपत्र मार्फत प्रस्तुत गरेका छन् ।

 

मुख्यमन्त्री बानियाँले अब पालिकाले सर्वपक्षिय राजनैतिक तथा सरोकारवाला बीचमा भएको सर्व सहमतीले पास गरेका योजनालाई प्रदेश सरकारले बजेट ब्यवस्थापन गर्ने बताए । उनले मन्त्रालय र बागमतीको सरकार अहिले भएको जेन जि पुस्ताको असन्तुष्टिलाई हल गर्नेगरी सरकारको सुसासन तथा गुणस्तरीय सेवालाई प्रवद्र्धन गर्दै लाने बताए ।

 

जिसस मकवानपुरका प्रमुख घलानले यो कार्यक्रमले १० वटै पालिकाहरुमा एक अर्काको असल अभ्यासहरु ले जिल्ला लाई अझ समुन्नत बनाउने बताए । यस्तो कार्यक्रमले आफ्नो पालिकालाइ उन्नत बनाउन सहयोगी हुने उनको विश्वास थियो । कार्यक्रममा प्रदेश सभाका सदस्यहरु कुमारी मोक्तान र प्रेम बहादुर पुलामी छिन्तुको विशिस्ट आतिथ्य रहेको थियो ।

अन्तरक्रियामा सहभागीहरु ।