बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु आफ्ना योजना सुनाउदै आफूनै योग्य भएको र आफुहरुले नै जनताको कामगर्ने दावी गरिरहेका छन्।

यसैविच नजकीदै आइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु घरदैलो अभियानमा उम्मेदवारहरु मतदाताको घरघरमा पुगिरहेका छन् ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिकाको नेकपा एमाले तर्फबाट उपमेयर पदको उम्मेदवार सुमित्रा काफ्लेले समृद्ध उपमहानगर बनउन आफ्नो उम्मेदवारी रहेको बताउदै घरदैलो अभियानमा व्यस्त छिन् ।

एमालेको ‘क्रेज’बढेको अवस्था रहेको उल्लेख गर्दै देशको स्वाधिनता, राष्ट्रियता र विकासको लागि काम गर्ने एमालेको तर्फबाट जनताले विजयी गराउनेमा विश्वस्त रहेको काफ्ले बताउछिन् ।

घरदैलो अभियान अन्तरगर्त घरघरमा पुगेर जनतार्कै कामगर्ने एमाले बाहेक अरु कुनै दल नभएको दावी गर्दै खानेपानी, स्वास्थ्य,शिक्षा लगायतका क्षेत्रमा सहज बनाई मकवानपुरलाई पर्यटकीय, आर्थिक उपलब्धको बाटो खोली आहा हेटौंडा भन्नेगरि विकासको योजना भएको प्रतिवद्धता जनाई रहेकी छन् ।

एमालेले गरेको उल्लेखनिय कामले भएको त्रासले एमालेको विरुद्धमा गठबन्धन गरेपनि जनतालाई उमालेमा प्रा भरोसा रहेको र एमालेमै जनतको विश्वास रहेको बताउछिन् ।

निर्वाचनमा एमाले विरुद्ध गठवन्धन गरेपनि एमाले एक्लै बलियो भएको र अहोरात्र जनताकै काम गर्न यसपटक अधिकार सहित काम गर्न र हेटौँडालाई उत्कृष्ट नगर बनाउन उम्मेदवारी दिएको बताइन् ।

एमालेले आफ्नो ‘लाल किल्ला’को रुपमा मानिएको र हेटौँडा एमालेको ‘लाल किल्ला’ नै भएको बताउदै गएको पाँच वर्षमा जनताले ‘वा’ भन्ने गरि विकास निमार्ण देखि स्वास्थ्य खेल स्ल्याब ढलान गर्ने लगायतका कामहरु जनताले चाहे अनुसार काम भएको काफ्लेको भनाई छ ।

काफ्ले भन्छिन् “संगठन अत्यन्तै राम्रो छ । व्यक्तीगत स्वार्थमा नरहेर देशको स्वाधिनता, राष्ट्रियता र विकासको लागि काम गर्ने एमाले भएकाले एमालेनै नै आउनुपर्छ भन्ने देशैभरी ‘क्रेज’ झनै बढेको छ । म एमालेकै तर्फबाट उपमेयर उम्मेदवार छु । बिजयी भएपछि भौतिकपुर्वाधार बिकास गर्ने, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी सहजै पाइने व्यवस्था गर्ने, वैदेशिक रोजगारी अन्ते गरि, लैङ्गिक तथा बालबालिका हिंसा न्यूनीकरण, मुख्य विषय बनाउने छु । उपमहानगरमा आहा भन्ने गरि कामगर्ने योजना सहित आएका हौं । हामीले जनतासंग गरेको प्रतिवद्धता अनुसार काम गर्छौं ।”

उनिसंग उपमेयर पदकालागि प्रतिद्धन्दकिा रुपमा नेपाली कांग्रेस तर्फबाट राजेश बाँनिया र राप्रपाको तर्फबाट इन्दिरा डल्लाकोटी न्यौपाने छन् ।