मधेश प्रदेशमा पर्ने सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
वीरगञ्जबाट जनकपुर आउँदै गरेको बस पूर्व–पश्चिम राजमार्गको सडक खण्डमा दुर्घटनामा परि करिब २ दर्जन यात्रु घाइते भएका छन् ।
वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको गुडिरहेको बस अनियन्त्रित भई सर्लाहीको फुलजोरस्थित फुलजोर पुलको बार भत्काउँदै खोलामा बस खस्दा दुर्घटना भएको हो ।
प्रहरीले जानकारी दिए अनुसार दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन भने मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।






























प्रतिक्रिया दिनुहोस्