उच्च अदालत सुर्खेत जुम्ला इजलासले चालु आर्थिक वर्ष २०७८÷०७९ को असार ३१ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ ।

अदालतले वार्षिक ६७ प्रतिशत मुद्दा फछ्र्योटको लक्ष्य राखेकामा १२५।५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो । अदालतले पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म १८० थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा २३१ मुद्दा फछ्र्योट गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार गौतमले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरिएको जानकारी दिनुभयो । (((रासस

फाइल तस्विर