फाइल तस्विर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय विरुद्धको रिटको सुनुवाइका लागि आजका दिन पेसी तोकिएको छ।
हिजो मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भएपनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आज बुधवार १० बजेका लागि न्यायाधीश सिन्हा बाहेकको इजलासमा रवि विरुद्धको रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जानकारी दिएको छ ।
सर्वोच्चका न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफू बाहेकको इजलासमा निवेदन पेस गर्नुपर्ने जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहादानी सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध सोमबार युवराज पौडेल सफल सर्वोच्च पुगेका हुन ।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्