मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन गर्न लागिएको चौथो सस्करणको स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ ।
कार्यक्रममा खेल तालिका देखि खेलमैदान सम्मको तयारी पुरा भएको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै २०७९ जेठ १९ देखि ३० गतेसम्म संचालन हुने प्रतियोगिताको विस्तृत जानकारी गराईएको हो।
हेटौंडाको पिप्ले क्याम्पा खेल मैदानमा हुने प्रतियोगितामा दर्शकहरुका लागि एक सय, दुई सय र दुई सय पचास रुपैया टिकट शुल्क निर्धारन गरिएको आयोजकले जनाएको छ ।
आयोजकले जानकारी दिए अनुसार यस संस्करणमा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहनेछ भने नेपाल आर्मी क्लब, ए.पी.एफ. क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, चर्च ब्वाइज क्लब, विदेशी टोली एभिनियर एफ.सी., बागमती युवा क्लब, बि.एफ.सि.चितवन, नवजन जागृती युवा क्लब र घरेलु टोली विजय युथ क्लब सहभागी रहने छ ।
करिब एक करोड १५ लाख खर्च हुने अनुमान गरिएको खेलमा खेल नक आउटको आधारमा खेलाईने प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्ने छन् ।
विजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्ने र उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्ने छन् ।
त्यस्तै गरि विधागत उत्कृट प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५, २५ हजार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुलअफ म्यानेजम्यान्टले उपलब्ध गराएको बुलेट बाइकप्रदान गरिने कार्यक्रम संयोजक प्रताप विष्टले बताए ।
साथै हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्ने बताए।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगिताको पहिलो खेल जेठ १९ गते बिहिबार दिउँसो ३ बजेबाट सुरु हुने र
उद्घाटन खेलमा समुह ए बाट नव जनजागृती र बागमती युवा क्लब विच हुने छ ।























प्रतिक्रिया दिनुहोस्