रोशन दिप – हेटौंडा-१ चौकीटोल स्थित भाटभटेनी सुपरमार्केटबाट लगेको सामाग्री हेटौंडा-४,स्थित वडा प्रहरी कार्यालयमा बुझाएको छ ।
२८ वर्ष भन्दा कम उमेर समूहका जेनजी पुस्ताले देशव्यापी रुपमा गरेको आन्दोलनको क्रममा हेटौंडामा पनि भएको आन्दोलनमा सरकारप्रतिको आक्रोश र आवेगमा भिडसँग मिसिएर भाटभटेनी सुपरमार्केट तोडफोडको क्रममा सुरज बोलखेले पनि सामान लिएका थिए ।
आफूले लिएको सामान इमान्दारी पूर्वक हेटौंडा-४ को वडा प्रहरी कार्यालय बुझाएका छन् । उनले टोडफोडका क्रममा सामान लग्ने जति सबैलाई सामान फिर्ता गर्न आग्रह समेत गरेका छन् ।
उनी भन्छन्, “म आफै विधार्थीको हक हितका लागि आवाज उठाउने प्रयासमा लागि परेको युवा हुँ । सरकारद्वारा भएको भ्रष्टाचार, दुराचार, अत्याचारबाट आक्रोशीत भएर होस गुम्न पुग्यो । मैले आवेगमा सामान उठाएर जलाउने अनि नष्ट गर्ने सोच बनाएको तर बेलुका थाकेर घर फर्किए पछि फेरी अचानक होश आयो । मलाई लाग्यो कि म बाट ठुलो भुल भयो । त्यसैले आफ्नो गल्तीको पश्चाताप गर्ने, गल्तीबाट सिक्ने र फेरी गल्ती नगर्ने संंकल्प लिएर सामान फिर्ता गरेको हुँ” ।
आफुबाट हुन गएको गल्तिप्रति सामाजिक सञ्जाल मार्फत माफी माग्दै सामनको क्षतिपूर्ति वडा प्रहरी कार्यालय हेटौँडा-४ का प्रहरीलाई हस्तान्तरण गरेका छन् ।
भटभटेनीमा तोडफोड गरेर आगो लगाउँदा त्यहाँका उल्लेखनीय स्थानीय बासिन्दाहरु र अन्य व्यक्तिहरुले पनि विभिन्न खाद्यान्न तथा अन्य सामाग्रीहरु लगेका छ्न् ।
जेनजी पुस्ताको आन्दोलनको क्रममा भएको तोडफोड तथा अराजक हरकत अन्य समूहहरुले गरेको आङ्कलन गरेको छ । जेनजीको आन्दोलनको क्रममा विभिन्न सरकारी कार्यालय तोडफोड गरिएको थियो ।























प्रतिक्रिया दिनुहोस्