नेपाल लेखापढी कानुन व्यवसायी जिल्ला समन्वय समिति मकवानपुरद्धारा नेपाल तामाङ घेदुङको उपाध्यक्षमा निर्वाचित आत्माराम मोक्तानलाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

नेपाल तामाङ घेदुङको ८ औं जिल्ला भेला बाट उपाध्यक्ष पदमा शनिबार उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन केन्द्रीय समितिका सचिव समेत रहेका मोक्तानलाई एक कार्यक्रमको आयोजाना गर्दै सोमबार शुभकामना दिइएको हो ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समन्वय समितिका अध्यक्ष पूर्ण प्रसाद अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन प्रदेश सचिव खिल प्रसाद गौतम, अदालत एकाइका अध्यक्ष तेज कुमारी थापा, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मालपोत एकाई अध्यक्ष पदम बहादुर बजगाई लगायतको उपस्थिति रहेको थियो ।