झापाको मेचीनगरस्थित चारआली जंगलमा सोमबार दुई शव फेला परेको छ । अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका नेतृत्वको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ । उनका अनुसार शवको पहिचान भइसकेको छैन् ।