हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले १५ हजार ९६० क्याप्सुल ट्रामाडोलसहित एक अटो चालकलाई पक्राउ गरेको छ । आइतबार बिहान ११:३० बजेतीर राप्तिरोडबाट थानाभर्‍याङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह ०१२६ नम्बरको अटो प्रहरीले देख्नेबित्तिकै फरार हुन खोजेपछि प्रहरीको ध्यानाकर्षण भएको थियो।

पछ्याउँदै गएको प्रहरी टोलीले अटो हेटौंडा उपमहानगरपालिका–१ स्थित तरकारी बजार क्षेत्रमै रोकेर चालक हेटौडा–१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई नियन्त्रणमा लिएको हो। सो क्रममा अटोभित्र लुकाइ राखिएको अवस्थामा ठूलो मात्रामा ट्रामाडोल क्याप्सुल फेला परेको प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको लागुऔषध र अटो जफत गरिएको छ भने पक्राउ परेका मोक्तानमाथि लागुऔषध कसुरअन्तर्गत थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

रातो समाचार संवाददाता
थप जानकारी