हेटौंडा । धादिङ जिल्लाको धुनिवेशी नगरपालिकामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। बुधबार धुनिवेशी–६ स्थित रियुवामा एक पुरुष व्यक्तिले प्रतिषेधित लागुऔषध बोकिरहेको सूचनाका आधारमा खानीखोला चौकी र जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले २५ वर्षीय शिवकुमार दाजु तामाङलाई नियन्त्रणमा लिएको हो ।

तामाङले साथमा राखेको झोलाबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थ ११.८० ग्राम, गाँजाजस्तो पदार्थ २८८ ग्राम, एउटा मोबाइल फोन र एउटा ब्लेड बरामद गरेको जनाएको छ। बरामद गरिएका वस्तुहरू परीक्षणका लागि लैजाने क्रममा तामाङमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका तामाङलाई जिल्ला अदालत धादिङबाट ७ दिनको म्याद लिएर अनुसन्धान जारी छ।

रातो समाचार संवाददाता
थप जानकारी