फतुवा (रौतहट) । रौतहट जिल्लाको फतुवा विजयपूर नगरपालिका वडा नम्बर–६ का पूर्व वडाध्यक्ष अध्यक्ष हिरालाल याद नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । फतुवा विजयपूर नगरपालिका वडा नम्बर–६ का पूर्व वडाध्यक्षले नेपाली काँग्रेस पार्टी परित्याग गरेर आइतबार औपचारिक रुपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका हुन् ।
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर–३ मा पार्टी परित्यागको क्रम तीब्र बन्दै गएको देखिएको छ । पूर्वा वडाध्य यादवसँगै दर्जनौं स्थानीय नेता कार्यकर्ता समेत नेकपामा प्रवेश गरेका छन् । उनलाई रौतहटका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पुनम यादवले पार्टी प्रवेश गरेसँगै विशेष स्वागत गरेकी थिइन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुनम यादवले रौतहट–३ मा “कुरा होइन, काम गर्ने व्यक्तिको खाँचो रहेको” बताउँदै परिवर्तनका लागि एकताको आवश्यकताको कुरालाई औंल्याएकी छन् । उनले देश र क्षेत्रको भविष्य सुरक्षित गर्न समयमै सही निर्णय लिन सबैलाई आह्वान गर्दै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्न तथा चुनाव चिह्न ‘तारा’मा मतदान गर्न अपिल गरेकी छन् । स्थानीय तहमा प्रभाव राख्ने नेताको प्रवेशसँगै रौतहट–३ को राजनीतिक समीकरणमा नयाँ तरंग सिर्जना भएको विश्लेषण गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्