माओवादी आन्दोलनका (पुर्व माओवादी) राजनीतिक दलहरूबिचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

पूर्वमाओवादी र माओ विचारसँग निकट नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहूती), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नागरिक न्युजबाट साभार छ ।