नारायणी कलेजको आयोजनामा हेटौंडा-७ मा संचालित सि आशा फाउन्डेसन द्वारा संचालित आशा विशेष पाठशालाको हेटौंडा-६ नम्बर वडामा रहेको आशा घर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
वृक्षारोपण कार्यक्रममा १० जातको फलफुल गरेर ७० फलफुल विरुवा रोपिएको छ ।
यो कार्यक्रमले बाताबरणको सुरक्षा गर्नुको साथै निकट भबिस्यमा अर्गानिक फलफुल नानिबाबुले आफ्नै आवासमा खान पाउने उदेश्य भएर नै यो कार्यक्रम गरेको निर्देशक मनोज यादवले बताउनु भयो ।
सकारात्मक काममा युवाको सहभागी अपरिहार्य रहेको आशा बिशेश पाठशालाका अध्यक्ष तथा बालकृष्ण चौलागाईं बताउनु भयो । देशको नेतृत्व गर्न युवा लागे देश अगाडि बढ्ने सकारात्मक काममा युवा एष्ट्रोनोभा फाउन्डेसन नेपालका अध्यक्ष किसन बास्तोलाले बतानुभयो ।
वृक्षारोपण कार्यक्रममा नारायणी कलेजका निर्देशक मनोज यादव, एष्ट्रोनोभा फाउन्डेसन नेपालका अध्यक्ष किसन बास्तोला, बिश्व फाउन्डेसन नेपाल अध्यक्ष रामप्रसाद पण्डित आशा बिशेश पाठशालाका अध्यक्ष तथा बालकृष्ण चौलागाईं, सि आशा फाउन्डेसनका अध्यक्ष कैलास न्यौपाने, आशा बिशेश पाठशालाको संरक्षक ऎना बार्का न्यौपाने अन्य सामाजिक युवा एलिसा न्यौपाने लगायत शिक्षिकाहरुको सहभागी रहेको थियो ।
यो कार्यक्रमलाई चितवन निवासी हाल अष्ट्रेलियाबाट सन्जिव धमलाले आमा सितामाया धमलाको नाममा रु. दुई हजार, चितवनबाट बिनायक पाण्डे, हेटौंडाबाट सागरराज तिमल्सिना, एलिसा न्यौपाने लगायत नारायणी कलेज, अस्ट्रोनोभा फाउन्डेसन नेपाल, बिश्व फाउन्डेसन नेपाल तथा संगत बचत तथा ऋण साकोसको सहयोग रहेको थियो ।
























प्रतिक्रिया दिनुहोस्