आज ११३ औं अन्तराष्ट्रिय नारी दिवस “लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ बिभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय नारी दिवसलाई अर्थात महिला दिवस मनाइन्छ ।
हरेक वर्षमा मनाईने नारी दिवसलाई महिला प्रति सम्मान व्यक्त गर्दै लैगिंक समानता, महिलाको समान अधिकार, महिला माथि हुने हिंसाहरु प्रति जागरुकता बढाउनु हो भन्ने गरिएको छ ।
तर, पनि हाम्रो नेपाली समाजको पैतृक लैङ्गीक संरचनाको कारण दैनिक जसो महिला हिंसाका घटना हुने गरेको
समाचारमा आउन कमी भएको छैन ।
घटनाका बारेमा जानकारी गराउन केहीकानूनी उपचारको बाटो खोज्छन् । कैयौंलाई यसबारे अनविज्ञ भएका कारणघटना समाजमै लुकिदिन्छ । केही यस्ता परिस्थिति आइदिन्छ कि बिभिन्न बहानामा लुकाइने दवाइने गरिन्छ ।
हरेक हिंसात्मक घटनामा जोडिने बिरुद्ध ऐन कानूनमा व्यवस्था गरि महिला हिंसा नियन्त्रण गर्न पहल कदमी चालेको भनिरहेको समयमा महिलाको स्तर र जीवनयापनमा भने सुखद एंव सुरक्षीत अनुभूति गर्न सकिने नभएको महिलाहरुलेनै भनिरहेको अवस्था छ ।
यसकारण जतिनै महिलाको हकअधिकार र हिंसा, विभेद अन्त्य गर्नुपर्ने नीति,कानुन भएपनि महिलाहरु हुने हिंसा नरोकिनु र कतीलाई त नारी दिवससै के हो भन्ने सम्म पत्तो छैन । यो भने गम्भिर विषय बनेको छ !
सामाजमा रहेको पुरुषवादी संरचनामा हटाई महिला हिंसा र विभेदको अन्त्य गरी महिलाको हक अधिकार सुिनश्चित गर्ने अभियान भन्दै मनाउने गरेको नारी दिवस मनाउन मात्र होकी भन्ने पाइएको छ ।
नीति, नियम, ऐन, कानून र संविधानको उद्श्य एकातिर र वास्तविकता अर्कोतिर भएका कारण विभेद भोग्न नेपाली महिलाहरु बाध्य भएको अनुमान गर्न सकिन्छ ।
अमेरीकाको न्युर्योक सहरमा महिलाले आफुहरु माथी भएको दमन बिरुद्धमा भन्दै बिभिन्न मुद्धा बनाएर नारी दिवसको सुरुवात भएको पाइन्छ ।
संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ वि.सं. १९६६ देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस थालनी गरिएको हो।
सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेसंगै फरक–फरक वर्ष र फरक–फरक दिनमा मनाउँने गरेको पछिल्ले समयमा सन् १९१४ देखिमात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो।
वि.सं. २०३३ सालबाट महिलाको नेतृत्वमा यस दिवसलाई अन्तर्राष्ट्रिय नारी दिवसुको रूपमा मनाउन थालेको र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आमनागरिक तहमा मनाउन थालिएको चार दशक भएको पाइन्छ ।
नेपालको सन्दर्भमा भने महिला हकहितमा मात्रै नभएर बिभिन्न तहमा महिलाले पनि नेतृत्व गरिरहेका छन् ।
यसैविच महिलालाई प्राथामिकतामा भन्दै महिला दिवसमा केन्द्रित रहेर बिभिन्न संघ संस्थामा कार्यरत बिभिन्न संगठनमा रहेकाहरु र नेतृत्वमै रहेकाहरुले नारीहकहित र महिला अधिकारका प्रसंग जोडेर सभाध्यक्ष, प्रमुख आतिथी बनेर मन्तव्य व्यक्त गर्न व्यस्त रहेका छन् ।
……………………..
यसै बिच हेटौडा १३ मा पर्ने कुखरेनी कुखरेनी खोलामा बालुवा खोतल्दै गरेको ८५ बर्षका कृष्ण बहादुर स्याङ्गतान र उनको ७८ बर्षकि श्रीमती सुन्तली स्याङ्गतान त्यस्तै गरि एकल महिला लक्ष्मी बिश्वकर्मा लाई नारी दिवस के हो भन्ने पत्तो छैन् ।
कुखरेनी खोलामा काम गरिरहेका लक्ष्मी, कृष्ण र सुन्तलिले नारी दिवसको पत्तो नभएको तर, कसरी कमाउने भन्ने चिन्ता रहेको बताए ।
एकल महिला लक्ष्मी बिश्वकर्मा भन्छिन् ” छोरा छोरी जो भएपनि केही हुदैन् । जिवन यस्तै हो । आफु आफु व्यस्त हुन्छन् । बालुवा जम्मा गर्यो ४ दिनमा १ ट्याक्टर पुग्छ अनि २ हजार हात पर्छ । गुजारा चलाउन निकै समस्या पर्छ ।”

बिगत स्मरण गर्दै १० वर्ष अघि नै श्रीमानको साथ छुटेको बताइन् ।अनि छोराछोरीलाई हुर्काइ बढाईका लागी निकै सास्ती भोग्नु परेको दुख पोखिन् ।
सोही क्रममा प्रश्न गर्यों ।आज त दिदी नारी दिवस हो नी थाहा छ ? हाँस्दै भनिन् थाहा छैन । ए होर !
सोही स्थानमै हेटौडा वनस्पति १३ का ८५ बर्षका कृष्ण ७८बर्षकि सुन्तली स्याङ्गतानले पनि नारी दिवस बारे कुनै पत्तो नभएको बताए ।

कुखरेनी खोलामा बालुवा खोतल्दै गरेको वृद्ध वृद्धाका जोडीले श्रीमान श्रीमती एक अर्काको सहारा बनेर काम गर्नुपर्ने बारे बताए ।
आफु दमको रोगी भएसंगै दैनिक औषधीका लागी पनि हम्मे परेका कारण काम गरेको बताए ।
सरकारले दिएको भत्ताले मात्रै गुजारा चल्न मुस्किल परेका कारण आफुहरुले काम गरिरहेको र बुढेसकालमा काम गरिरहदा आफुहरु निकै खुसी भएको उल्लेख गरे ।
श्रीमानको माया र प्रेम बारे गरेको प्रश्नमा हाँस्दै कृष्णले भने “मलाई मेरी श्रीमतीले दिएको हरेक कुरा राम्रो लाग्छ । जसले जे पकाएर दियोस् मिठो हुदैन । तर, बुढीले पकाएर खाना दिँदा त नुन् मात्रै हालेर दिएपनि अति मिठो हुन्छ ।”
कृष्णको कुरामा सुन्तली निकै खुसी हुँदै हाँसिन् ।
कृष्णले थपे, सानैमा बिहे गरेर ल्यायको हुं । मेरो बुढी निकै सोझी छिन् । मलाई माया गर्छिन् ।
निकै हसिलो मुहार बनाउदै हाँस्दै गर्दा सुन्तलीलाई हामीले प्रश्न गर्यौ ।
आमा तपाईलाई बुबाको कुन बानी मन पर्छ ? उनले भनिन् मेरो बुढाको सबै बानी मन पर्छ । कमाएर कतै लादैनन् सबै दिन्छन् । बिहे भएदेखि मैसंग छन् । कतै गएनन् । साथ दिएका छन् ।
यो त उदाहरण मात्र हो । दुई छाक टार्न र गुजारा चलाउन श्रम गरिरहेकाहरु निकै छन् । उनिहरुसम्म मन्तव्यको त्यो आवज न पुगेको छ नत महिला दिवसको बारेमै जानकार छन् ।














प्रतिक्रिया दिनुहोस्