Rato Samachar
Mon, 20 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
गण्डकी प्रदेश राष्ट्रिय समाचार स्थानीय

टोलमै भत्ता र बस्तीमा सेवा

कास्कीको मादी गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष देवीजंग गुरुङ गाउँपालिकाकै कान्छा वडाध्यक्ष हुनुहुन्छ । उमेरले ३० वर्ष पुगेका उहाँ यसअघि सिक्लेस युवा क्लबलगायतका सामाजिक संस्थामार्फत क्रियाशील हुँदै आएकामा अहिले भने जनताको अभिमत पाएर वडाध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो । उहाँसहित निर्वाचित जनप्रतिनिधि यतिखेर जनताका काममा क्रियाशील हुनुहुन्छ । सिक्लेस कास्कीको पर्यटकीय गाउँ पनि हो । नेपालकै ठूलो गुरुङ गाउँका रुपमा रहेको सिक्लेसको पर्यटकीय विकास त उहाँहरूकोे प्राथमिकतामा छँदैछ ,उहाँ भौगोलिक विककटताका कारणले सहजरुपमा सेवा लिन नसक्नेका लागि विभिन्न कार्यक्रमका साथ जनतामाझ पुग्ने कार्यक्रम लिएर अघि बढ्नुभएको छ । राज्यले ज्येष्ठ नागरिकलगायत समाजका विभिन्न वर्ग र समुदायलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता दिँदै आएकामा कतिपयले शारीरिक अवस्थाका कारण वडा केन्द्रमा आएर सेवा लिन सकेका छैनन् । यही अवस्थालाई दृष्टिगत गरी गुरुङले आफू निर्वाचित भएसँगै टोलटोलमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाउनुभयो नै त्यसको कार्यान्वयनमा पनि जुट्नुभएको छ । “हामीले टोलटोलमा पुगी सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेका छौँ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “भौगोलिक अवस्थिति आदिका कारण वडा केन्द्रसम्म आउन नसक्ने ज्येष्ठ नागरिक एवं सर्वसाधारणका लागि सोही टोलमा पुगेर भत्ता वितरण गरिरहेका छौँ ।” वडाको क्षेत्रफल ठूलो भएका कारण यहाँका सोँदा, खिलाङ, नयाँ गाउँलगायत टाढाटाढाका गाउँबाट सामाजिक सुरक्षा लिन वडा केन्द्र सिक्लेस पुग्नुपर्ने बाध्यता अन्त्य भएको खिलाङका ९३ वर्षीय रनसिरि गुरुङ बताउनुभयो । सामाजिक सुरक्षाभत्तासँगै वडाका तर्फबाट ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य समस्याअनुसार सरकारबाट प्राप्त हुने औषधि निःशुल्करुपमा उपलब्ध गराउने गरिएको उहाँको भनाइ थियो । समाजमा सबै वर्ग र समुदायको शिक्षामा समान पहुँच पुग्नुपर्छ भन्ने उद्देश्यका साथ वडाभित्रबाट एसइई उत्तीर्ण हुने दलित समुदायका विद्यार्थीलाई यसै वर्षदेखि १२ कक्षासम्म निशुल्क पढाउने आफूहरूको योजना रहेको उहाँको भनाइ छ । मादी गाउँपालिका–१ भित्र दुई वटा माध्यामिक विद्यालय रहेका छन् । वडाको सोँदास्थित दूधपोखरी मावि र सिक्लेसस्थित अन्नपूर्ण माविमा यहाँका विद्यार्थी अध्ययन गर्दै आएका छन् । वडाभित्र अध्ययन गर्ने दलित समुदायका विद्यार्थीबीचमा नै पढाइ छाड्ने गरेको बताउँदै उहाँले उनीहरूलाई पढाइप्रति अभिप्रेरित गर्न यो योजना अघि सारिएको बताउनुभयो । “जनताको दैनिकीसँग जोडिएका विषय नै हाम्रा प्रमुख प्राथमिकता हुन्”, उहाँले भन्नुभयो, “पाँचवर्षे कार्यकालमा यस क्षेत्रमा पर्यटन विकासका योजना ल्याउने, यातायातको सहज व्यवस्थालगायतका कामलाई प्राथमिकताका साथ अघि बढाउने हाम्रो योजना छ ।” पर्यटकीय गाउँ सिक्लेसदेखि मनाङसम्म पदमार्ग विकास गर्न प्रयास गर्ने बताउँदै उहाँले भन्नुभयो, “यहाँबाट माछापुच्छ«े गाउँपालिकासँग जोडिने टिइँ भन्ने ठाउँ एक दिनमा पुग्न सकिन्छ, त्यहाँ जाने पदमार्गलाई प्रवद्र्धन गर्ने योजना बढाएका छौँ ।” टिइँबाट माछापुच्छे«, अन्नपूर्ण दुई, लमजुङ, मनास्लुलगायतका हिमाल नाङ्गो आँखाले देख्न सकिने उहाँले बताउनुभयो । पछिल्लो समयमा चर्चामा रहेको कपुचे हिमताल पनि यही वडामा पर्ने जनाउँदै वडाध्यक्ष गुरुङले सिक्लेसबाट उक्त तालमा पुग्न आठ घण्टा लाग्ने जानकारी दिनुभयो । उक्त मार्गको हुगु भन्ने ठाउँ नपुग्दासम्म छ घण्टाबीच बास बस्ने ठाउँ र टि सप नरहेका कारण पर्यटकलाई सहज हुने गरेर रुटको कुनै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने आफ्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सिक्लेसदेखि कपुचेसम्म घोडाबाट यात्रा गराउने योजनाका साथै त्यसबीचमा केही पूर्वाधार बनाउने लक्ष्य राखिएको छ । मादी गाउँपालिका वडा नं १ बाट ठूलो सङ्ख्यामा सर्वसाधारण पोखरामा रहेकाले वडा कार्यालयबाट प्रदान गरिने सबै किसिमका सेवा दिने गरी प्रत्येक दुई÷दुई महिनामा घुम्ती सेवा दिन थालिएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सिफारिसलगायतका वडाबाट हुने काम घुम्तीसेवामार्फत पाउँदा धेरै सर्वसाधारण लाभान्वित बनेको सिक्लेस पार्चे समाज पोखराका अध्यक्ष क्या शमशेर गुरुङले बताउनुभयो । वडाले गत असारको ३०, ३१ र यहीसाउनको १ र २ गते पोखरामा घुम्ती सेवा सञ्चालन गरेको छ । “घुम्ती सेवाका कारण वडा केन्द्र सिक्लेससम्म पुग्न नसक्ने सर्वसाधारण लाभान्वित बनेका छन्”, उहाँले भन्नुभयो, “जनताको सेवालाई लक्षित गरी वडाका तर्फबाट गरिएका यी काम अरु स्थानका जनप्रतिनिधिका लागि पनि अनुकरणीय छन् ।” –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology