हेटौंडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरले गत भदौ २३ गतेको जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा दीपप्रज्जवल गरेको छ । आइतबार हेटौंडा–२,स्थित संगम चोकमा भ्रष्टचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोध गर्दै आन्दोलन गर्ने क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै दीपप्रज्जवलन गरेको हो ।
रोट्रयाक्ट क्लब मकवानपुरका अध्यक्ष अमित क्षेत्रीको नेतृत्वमा भएको श्रद्धाञ्जली सभामा आन्दोलनमा घाइतहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । दीपप्रज्जवलन कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्