हेटौंडा । मकवानपुर जिल्ला व्याड्मिन्टन संघले आयोजना गरेको दोस्रो संस्करणको जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगिताको आय–व्यय विवरण सार्वजानिक गरिएको छ । गएको चैत महिनामा हेटौंडा–११,स्थित थानाभ¥याङको बहुद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको दोस्रो खुल्ला तथा भेट्रान्स व्याड्मिन्टन प्रतियोगिताको आम्दानी तथा खर्च विवरण सार्वजानिक गरिएको हो । बिहीबार जिल्ला संघका उपाध्यक्ष सुरेन्द्र प्रधानको सभाध्यक्षमा बसेको बोर्ड बैठकले चैत महिनामा ३ दिन सम्म सञ्चालन भएर सम्पन्न भएको प्रतियोगितामा विभिन्न निकायहरबा प्राप्त भएको आम्दानी र विभिन्न शीर्षकमा भएको खर्च विवरण सार्वजानिक गरेको हो ।
व्याड्मिन्टन संघका कोषाध्यक्ष विरु गुरुङले बोर्ड बैठक मार्फत आम्दानी र खर्च विवरण प्रस्तुत गरेका छन् । कोषाध्यक्ष गुरुङले प्रस्तुती गरेको विवरण अनुसार प्रतियोगिताका लागि ७ लाख, ३५ हजार, ८ सय ३२ रुपैयाँ आम्दानी भएको छ भने ६ लाख, १७ हजार ८ सय ५५ रुपैयाँ खर्च भएको छ । जस अन्तर्गत व्याड्मिन्ट्न संघलाई १ लाख, १८ हजार, ३७ रुपैयाँको फाइदा भएको छ । उक्त रकम व्याड्मिन्ट्न संघले आयोजना गर्ने अन्य प्रतियोगिताकाहरुका लागि प्रयोग गरिने उनले बताए । संघलाई हेटौंडा उपमहानगरपालिकाबाट ४ लाख, ६२ हजार, ८ सय ९२ रुपैयाँ प्राप्त भएको उनले बताए । बैठकलाई संघका सचिव प्रलाद उप्रेतीले सहजीकरण गरेका थिए
चैत महिनामा सम्पन्न भएको व्याड्मिन्ट्न प्रतियोगिताको उपाधि खुल्लातर्फ रेवती कार्की र सुरेन्द्र जोडीले जितेको थियो भने भेट्रान्सतर्फ दीपक बुढाथोकी र राम प्रसाद प्रधानले जितेको थियो । खुल्लातर्फ उपविजेता नरेन्द्र मुक्तान र विरु गुरुङको जोडी बनेको थियो भने भेट्रान्सतर्फ देव घिमिरे र विनोद रायको जोडी उपविजेता बनेको थियो । भेट्रान्सतर्फ खुल्लातर्फको प्रतियोगिताको उपाधि विजेता टिमलाई ३५ हजार रुपैयाँ, भेट्रान्सतर्फको उपाधि विजेता टिमलाई २० हजार रुपैयाँसहित शिल्ड, खुलातर्फको उपविजेता टिमलाई २० हजार रुपैयाँ, भेट्रान्स तर्फको उपविजेता टिमलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।














प्रतिक्रिया दिनुहोस्