हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का जगत बहादुर सुनारले आफ्नो जग्गा फिर्ता गराई पाउँ भन्दै धर्ना दिएका छन् ।
जग्गा फिर्ताको मागको हेटौंडा बुद्धचोक स्थित नियमराजको घर अगाडी जगतबहादुर सहितले धर्ना दिएका हुन् ।
आफुनो बाबुको नाममा रहेको जग्गा व्यवसायको लागि हेटौंडा उपमहानगरका नियमराज शाक्य बाट ब्यवसायको लागि रु. ५०हजार रुपैंया ऋण लिएर दृष्टि बन्धक रोक्का राख्ने भनिएको अवस्थामा जग्गा राजीनामा लिखत गरी जग्गा खाइदिएको जगत बहादुरको आरोप छ ।
विहिवार जगत बहादुर सुनारलाई न्याय दिलाऔं अभियान अन्तरगर्त व्यानरसहित २५ वर्षदेखि मलाई दुःख दिइयो । मेरो जग्गा फिर्ता पाउँ । नियमराज शाक्य मेरो जग्गा फिर्ता गर लेखिएको व्यानर सहित धर्नामा बसेका छन् ।
आगामी मंसिर ४ प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुने भएको छ । राजनिति दलदेखि बिभिन्न व्यक्तीहरु गरिब, निमुखा जनताको जीवनस्तर परिवर्तन गर्ने बिभिन्न प्रतिवद्धता सहित चुनावी प्रचारमा घरदैलोमा व्यस्त छन् ।
मकवानपुरमा निर्वाचन रोचक बन्ने देखिएको छ । चुनावी सरगर्मी पनि बढेको छ ।
तर, पनि लामो समय देखि अल्झिएको जग्गा बिवादलाई निकास दिने तर्फ न ध्यानै पुगेको छ न ५ दिनदेखिको धर्नामा कसैको नजर परेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोकमै गरिब र पिडित व्यक्ती यसरी धर्ना बसिरहदा वास्ता नगर्ने तर, बिभिन्न स्थानमा पुगेर निर्वाचन लक्षित गरेर जनता झुक्याउने काम गरेको धर्नामा बस्नेहरु बताउछन् ।
धर्ना बसेको स्थानबाट १० मिनेटको दुरीमा स्थानिय अधिकारका व्यक्तीहरु भएपनि कुनै चासो नदिएको हेटौंडाका सामाजिक अभियन्ता विशालराज महत बताउछन् ।
शाक्यले जग्गा फिर्ता गर्ने आश्वासन दिँदै आएको तर हालसम्म पनि फिर्ता नगरेपछि ५ दिनलेखि धर्नामा रहेको बताए ।
अदालतमा सो मुद्दा चलिरहेको र बिभिन्न कोणबाट हेर्दा शाक्यले सुनारलाई जालझेर गरेको देखिएको छ र जग्गा दृष्टिबन्धकीको नाममा अरुको पैतृक सम्पत्तिमा नजर लगाउन नमिल्ने भएकाले । पीडित जगतले न्याय पाउनुपर्ने महतको भनाई छ ।
यसै विषयमा एस फाइभ टिमका रामसरण कार्कीले १ पिडितको बेदना न सुन्ने तर, बस्ती बस्ती पुगेर जनतालाई मुर्ख बनाउने काम भइरहेको बताए।
निर्वाचनलाई केन्द्रित गर्दै उम्मेलवारहरु सत्ता हत्याउन पल र पावरकालागि भोटमाग्न जान सक्ने तर, गरिब र पिडितलाई न्याय दिलाउन चासो नदिएको कार्कीको भनाइ छ ।
कार्कीले भने “जगतबहादुर अन्याएमा परेको बुझेर साथ दिन लागेको हो । तत्काल समस्या समाधान गर्न पर्छ । त्यसैले यो विवादलाई निकास दिने प्रयत्न गरौं । यसले पक्कै राम्रो हुदैन ।”





















प्रतिक्रिया दिनुहोस्