gjlgjf{lrt ;f+;bnfO{ k|tLs lrXg sf7df8f}F, & kÚÙM gofF afg]Zj/l:yt ;‹Lo ;+;b ejgdf laxLaf/ cfof]lht ljz]if ;df/f]xdf k|ltlglw;efsf Ho]i7 ;b:o kz'klt zdz]/ ha/faf6 kb tyf uf]kgLotfsf] zky lnPkl5 k|bfg ul/Psf] k|tLs lrXg nufpFb} gjlgjf{lrt ;f+;b . tl:a/M /f]zg ;fksf]6f÷/f;;

पुस ७ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ।

अध्यक्ष दाहालले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने प्रतिक्रिया दिनुभयो। बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथ लिएलगत्तै पत्रकारसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो।

सरकार गठनको सम्बन्धमा सल्लाह गरेर सहमतिमा पुग्ने उहाँको भनाइ छ। अध्यक्ष दाहालले राष्ट्रपतिबारे भने अहिले नै प्रश्न नगर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो।

शपथ ग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उहाँको भनाइ थियो। अध्यक्ष दाहालले भन्नुभयो,  ‘सबै प्रक्रिया सहज ढङ्गले अगाडि बढेको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो। आज शपथग्रहण पनि बडो उत्साहका साथ सम्पन्न भयो। अब सरकार पनि त्यसैगरी बन्छ। प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौं। राष्ट्रपतिबारे अहिले नसोध्नुस्।’’

अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने आकाङ्क्षासहित सत्तारुढ गठबन्धनमा आबद्ध दलसँगको छलफललाई पनि तीव्रता दिनु भएको छ भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत छलफललाई अगाडि बढाइरहनु भएको छ।

गोरखापत्र अनलाइन बाटसाभारछ ।