एसईईमा उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीलाई सम्मान गरिँदै ।

हेटौंडा । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशसन (प्याब्सन) मकवानपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतीजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । २०८१ एसईई परीक्षामा सहभागी भएर उत्कृष्ट नतीजा ल्याउन सफल भएका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको हो । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै प्याब्सनले एसईई परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीए सम्म ल्याउन सफल भएका संस्थात सामुदायिक दुबै विद्यालय र विद्यालयका विद्यार्थीलाई सम्मान गरेको प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिएका छन् ।

जीपीए ४ ल्याउन सफल भएका विद्यार्थीलाई नगद र सम्मानपत्रले सम्मान गरिएको अध्यक्ष सुवेदीले बताए । प्याबसन मकवानपुका अध्यक्ष सुवेदीको सभाध्यक्षमा तथा बागमती प्रदेश प्रमुद दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । परीक्षा पास गर्नुमात्र शिक्षा नभएको प्रदेश प्रमुख देवकोटाले बताए । विद्यार्थीमा शिक्षाको असीमित क्षमता हुनुपर्ने उनले बताए । कार्यक्रममा प्याबसन मकवानपुरका प्रमुख सल्लाहकार मदन दहालको पनि उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी