Rato Samachar
Thu, 23 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हँुदैन : स्वास्थ्यमन्त्री

  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताउनुभएको छ । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताउनुभयो । “सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने उसको मन कस्तो होला ?”, उहाँले भन्नुभयो, “वीर अस्पतालमा उपचार गर्न आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, शय्या नभए पनि वैकल्पिक व्यवस्था गरेर उपचार गर्नुपर्दछ ।” उहाँले सरकारी अस्पतालप्रति जनताको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालले अहिलेसम्म स्वास्थ्य सेवा प्रवाहमा पु¥याएको योगदानको उच्च कदर गर्दैै भविष्यमा पनि अझ सशक्त ढङ्गले स्वास्थ्योपचारलगायतका सेवा पु¥याउनुपर्ने बताउनुभयो । वीर अस्पतालको सरसफाइमा पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र सेवामूलक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तह र प्रदेश तहमा स्वास्थ्य सेवालाई राम्रो बनाएर जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने भनाइ राख्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर प्रसादले स्वास्थ्य क्षेत्रको सूचकमा प्रगति देखिए पनि जनताले अझै स्वास्थ्य सेवाको पहुँच राम्रोसँग पाउन नसकेको बताउनुभयो । उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चाँडै नै सभा बोलाएर प्रशासनिक र कानुनी अड्चन फुकाउने बताउनुभयो । मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले अस्पतालले कोभिड–१९ महामारीका बेला खेलेको भूमिकाको सराहना व्यक्त गर्दै अस्पतालले अझै स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सचिव डा रोशन पोखरेलले अस्पतालले गुणस्तरीय र विशिष्टकृत सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालले नागरिकको जीवनलाई स्वस्थ बनाउन अझै गुणस्तरीय र भरपर्दो चिकित्सकीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति प्रा डा देवनारायण शाहले अस्पतालको बजेट बढाउनुपर्नेमा जोड दिँदै अस्पतालको सामान्य परिस्थिति सिर्जना गरेमा अझ सेवा राम्रो बनाउन सकिने धारणा राख्नुभयो । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा डा भूपेन्द्रकुमार बस्नेतले एक वर्षमा चार लाख ३३ हजार १०८ बिरामीको उपचार गरेको जानकारी दिनुभयो । उहाँले देशभरिका बिरामीलाई गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराएको बताउनुभयो । उहाँले कोभिड–१९ को महामारीमा अस्पतालले बिरामीको उपचारमा खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै बिरामीलाई गुणस्तरीय र सर्वसुलभ उपचार प्रदान गरेको बताउनुभयो । विसं १८४३ साउन १२ गते १५ शय्याबाट स्थापना भएको अस्पताल अहिले ४६० शय्याबाट सेवा र ९६० शय्याबाट सेवा प्रवाह गर्ने क्षमता रहेको छ । नेपालमा पहिलोपटक मुटुको सफल शल्यक्रिया, मिर्गौला प्रत्यारोपण र सघन उपचार सेवा (आइसीयू)को वीर अस्पतालबाट सुरु भएको हो । सन् १९३३ मा नेपालकै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको स्थापना भई ड्रेसर, कम्पाउण्डर र नर्सिङ शिक्षाको सुरुआत गरिएको हो । विसं २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नति भई स्वास्थ्य सेवा अस्पतालले प्रदान गरिरहेको छ । अहिले छवटा भवनमा ४२ आकस्मिक कक्ष, ६८ आइसीयू, ५० हाइडिपिडेन्स युनिट (एचडीयु) र १० सिसीयूकक्षसहित विभिन्न ३२ बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रतिष्ठानका रजिष्ट्रार प्रमिला देवानले जानकारी दिनुभयो । –––राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Exploring Popular Games at the Best Online Casino in Canada

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology