बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा सूरु भएको दोस्रो नागस्वती भेट्रान्स राष्ट्रिय रनिङ शिल्ड एट.ए.साइड फुटबल प्रतियोगितामा चितवन भेट्रान्सले विज यी  सुरुवाती गरेको छ।

असोज १६ गते मंगलबारदेखि नागस्वती खेल मैदानमा ४० वर्ष माथी उमेर समूहका खेलाडीहरुको विशेष सहभागिता रहेको पहिलो खेल सिमरा भेट्रान्स र चितवन भेट्रान्स विच भएको थियो ।

दुई समुहविच भएको खेलमा ३- १ अन्तरले चितवन भेट्रान्स संग सिमरा भेट्रान्स पराजित भएको हो ।

प्रतियोगितामा १६ क्लबहरुको सहभागिता रहेको छ भने सूरुवाती पहिलो खेलमा चितवनका खेलाडी भुपेन्द्र कार्कीले २ गोल गर्दै म्यानाफ द म्याच घोषित भए ।

खेलमा खेलको २१ औं मिनेटमा चितवनका खेलाडी भुपेन्द्र कार्कीले पहिलो गोल गरेका थिए ।

दोस्रो हाफ २८ औं मिनेटमा कार्कीले पुन अर्को १ गोल गरे।

पहिलो हाफमा ० सिमरा – १ चितवन भएसङ्गै खेलको ४० औं मिनेटमा  चितवनका रबिन्द्र श्रेष्ठले  १ गोल गरेका थिए ।

दोस्रो हाफको ३० मिनेटमा सिमराका खेलाडी मेघनाथ अधिकारीले १ गोल गरे पनि  सिमरा भेट्रान्सले हार बेहोर्नु पर्यो।

सुरुवाती खेल सानो गौचरण एस.एन.के.सि. भेट्रान्स काठमाण्डौं र जोरपाटी भेट्रान्स काठमाण्डौं बिच हुने भनिएको खेलमा सानो गौचरणले कारणबस सहभागी जनाउन नसक्दा खेलको सूरुवाती सिमरा र चितवन विच भएको थियो ।

सोहिक्रममा जोरपाटी भेट्रान्सलाई स्वत  विजयी  घोषित गरिएको छ ।

त्यस्तै गरि बिरगंज सिटी भेट्रान्स बिरगंज र अभिषेक चर्च भेट्रान्स नवलपरासी बिचको खेलमा अभिषेक चर्च विजयी भएको छ ।

खेलको उत्साहजनक प्रस्तुतीमा समय अवधीभर कुनैपनी समुहले गोल गर्न सकेन।

ट्राइ ब्रेकरको प्रतिस्पर्धामा अभिषेकले चर्चले पेनाल्टी सुटआउटमा ३-२  गोल अन्तरले जित हासिल गरेको हो।

सो खेलकालागी शंकर गोपाल खड्की म्यान अफ द म्याच घोषित भएका छन् ।

सुरुवाती खेल सानो गौचरण एस.एन.के.सि. भेट्रान्स काठमाण्डौं र जोरपाटी भेट्रान्स काठमाण्डौं बिच हुने भनिएको खेलमा सानो गौचरणले कारणबस सहभागी जनाउन नसक्दा खेलको सूरुवाती सिमरा र चितवन विच भएको थियो ।

सोहिक्रममा जोरपाटी भेट्रान्सलाई स्वत विजयी  घोषित गरिएको छ।

 

 

खेल प्रतियोगितामा फाइनल गेममको विजेता समुहले नगद २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार प्राप्त गर्ने छन् ।

तीन बर्ष अघि स्थापना भएको क्लवले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा उपाधी हासिल गर्न सफल समेत भएको हो ।

दिउँसो ३ बजे कार्यक्रमको उद्गघाटन हुने छ।
सोही समयमा आयोजक टिम नाग्स्वती भेट्रान्स र एन जे जे वाइसी भेट्रान्स सिमरा बिच हुने छ।

खेल प्रतियोगिताले पूर्व खेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने क्लवका अध्यक्ष सोम बहादुर तितुङ्ले बताए ।