
हेटौंडा । प्रदेश युवा परिषद्, बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको कार्यकाल सकिएको छ । २०७८ सालमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा पहिलो कार्यकारी उपाध्यक्षको रुपमा नियुक्त भएका सन्तोष चौलागाईंको कार्यकाल जेठ ३१ गते सकिएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा परिष्दका कार्यकारी उपाध्यक्ष चौलागाईंले ४ वर्षे कार्यकालमा गरेको कामको बारेमा जानकारी गराएका छन् ।
आर्थिक वर्ष २०८१÷०८२ लाई सीप वर्ष घोषणा गरेर झण्डै १०हजार युवालाई सीपमूलक तालिम दिएको उनले बताए । युवालाई कुलटबाट हटाएर कसरी सक्षम बनाउने विषयक कार्यशाला अभिमुखीकरण तथा अभिप्रेरणामूलक कार्य , मुख्यमन्त्रीसँग युवाको प्रत्यक्ष संवाद गरिएको उनले बताए । उनका अनुसार ४ वर्षे कार्यकालमा सरोकारवालासँगको समन्वय, सहकार्यका लागि आफूलाई सहजकर्ताको रुपमा प्रस्तुत गर्दै युवाका मुद्दा राज्य संयन्त्र, नागरिक समाज र समुदायमा स्थापित गर्न, गराउन सफल भएको बताए ।
पहिलो पटक कार्यकरी उपाध्यक्षको जिम्मेवारी पाउँदा कहाँबाट, कसरी, के–के काम गर्ने भन्ने अन्यौलताका बीच सरोकारवालासँगको सरसल्लाह, उपलब्ध कानून, अधिकार र कर्तव्यलाई मध्यनजर गरी काम गर्दै अगाडि बढेको उनले बताए । युवालाई राज्यको नीति, नियम, आफ्नो अधिकारको बारेमा बुझ्न, बुझाउन प्रेरित गर्ने खालका कार्यहरु गरिएको, प्रदेश युवा निति, नमूना युवा संसदको अभ्यास, युवा नीतिबारे बहस र पैरवी, युवा महिलाका लागि आत्मरक्षा तालिम, पहिलो वर्ष भर्चुअल प्रदेश युवा सम्मेलनसँगै लगातार तीन पटक प्रदेशका सबै जिल्ला, पालिकाको प्रतिनिधित्व रहने गरी प्रदेश युवा सम्मेलनको आयोजना गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्