Rato Samachar
Mon, 14 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

लमजुङका किसानलाई कोदो रोप्ने चटारो

यतिबेला यहाँका किसानलाई कोदो रोप्न चटारो छ । रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त सयम हुन थालेसँगै हप्ता १० दिन अघिदेखि कोदो रोप्ने चटारो पर्न थालेको हो । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार केही समयदेखि जिल्लाभरि नै किसानले कोदो रोप्न थालेका छन् । उहाँले भन्नुभयो, “चिसो ठाउँ, मकै बारीभित्र र मकै टिपी भित्र्याइ सकेका बारीमा उपल्लो भेगका किसान कोदो रोपिरहेका छन् ।” जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपिसकिएको जिल्लामा समयमै पानी परेर धान पनि छिटो रोपेकाले कोदो रोप्नलाई समयमै किसानले समय पाएका छन् । दोर्दी वडा नं ५ पाचोककी सीता गुरुङले भन्नुभयो, “धान रोपेर सकायौँ, अहिले कोदो रोप्न थालेका छौँ ।” यहाँका बासिन्दाले असारमै धान रोपिसकेर अहिले कोदो रोप्न थालेको उहाँको भनाइ छ । त्यस्तै पाचोकस्थित सिमरुङगाउँका ४१ वर्षीय कुमार तामाङले साउनको पहिलो हप्ताबाट कोदो रोप्न सुरु गरेको बताउनुभयो । खेतीपातीको समय भएकाले रोपाइँ सकिना साथ कोदो रोप्न व्यस्त भइरहेको उहाँको भनाइ छ । यहाँका किसान बिहान बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै कोदो रोप्न व्यस्त भइरहेका छन् । मस्र्याङ्दी गाउँपालिका–६ लामपाटा गाउँकी शान्तिमाया तामाङ पनि केही दिनअघिबाट कोदो रोप्न बारीमा व्यस्त हुँदै आउनुभएको छ । “धान रोपिसकेर कोदो रोप्न थालेका छौँ, अहिले बिहान र बेलुका मात्र घरमा हुन्छौँ, दिउँसो बारीमा जान्छौँ, घरमा हुनेबेला पनि ध्यान भने बारीमै हुने गरेको छ”, उहाँले भन्नुभयो । बेँसीसहर नगरपालिका–२ चिसोपानीका हिरासिंह गुरुङले बर्सेनि करिब पाँच सय मुरीभन्दा बढी कोदो उत्पादन हुने यस गाउँमा हालसम्म ३० प्रतिशत रोपाइँ सम्पन्न भएको बताउनुभयो । जिल्लाका किसानले ढल्लो, स्थानीय र ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीय कोदोको बीउ रोप्ने गरेको केन्द्रले जनाएको छ । जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ । जिल्लामा सात हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा कोदो लगाइँदै आएको छ । करिब छ हजार उक सय ६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology