
मकवानपुर प्रहरीले लागु औषध गाँजा सहित एकजनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ४ का २२ वर्षीय छेटुप मकवानपुरको मनहरीमा ८१ किलो अवैध लागुऔषध गाँजासहित पक्राउ परेका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार इलाका प्रहरी मनहरी टोलिले मंगलबा राति करिब ९ बजेको समयमा सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध गाँजासहित पक्राउ गरेको हो।
उनलाइ गाउँपालिका वडा नं. ८ सिम्पानीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा राक्सिराङ चैनपुरतर्फबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च ००६२ नम्बरको बोलेरो पिकअप गाडीमा पछाडिको ढालाभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा ८१ किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
थिङलाई नियन्त्रणमा लिएर लागुऔषध मुद्दामा थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्