हेटौंडा । विश्वकै सबै भन्दा लामो विषालु सर्प किङ कोब्रोको उद्दारको क्रममा टोकाइमा परेर हेटौंडा अस्पतालको आइसीयूमा उपचारत राजेश थापा गरिबलाई मेडिशिन वार्डमा सार्न लागिएको छ । हिजो मंगलबार बकैया र बागमती गाउँपालिकाको सिमानामा किङ कोब्राको उद्दार गर्ने क्रममा सर्प उद्दारकर्ता राजेश थापा गरिबलाई किङ को्रबोले टोकेपछि हेटौंडा अस्पतालको आइसीयूमा उपचारका लागि लगिएको हो ।

अस्पतालका चिकित्सकले उनलाई हिजो ४,५ वटा स्नेक एण्टी भेनम दिएर १० बजेर ३० मिनेटको समयदेखि आज सम्म निरन्तर आइसीयूमा उपचार भइरहेको थियो । करिब २ घण्टा पहिलेनै उनलाई मेडिशिन वार्डमा सार्न मिल्ने भनेपनि वार्डको बेड खाली नभएको कारणले आइसीयूमै उपचारत अवस्थामा छन् ।

हाल सम्म उनलाई १२ वटा स्नेक एण्टी भेनम चडाइसकेको र अवस्था भने सामान्य रहेको पाइएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी