हेटौंडा । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरीले करिब २ लाख रुपैयाँ बराबरको भन्सार छलेर ल्याएको सामाग्री बरामद गरेको छ । शुक्रबार ११ बजेर ३० मिनेटको समयमा इलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट खटिएको प्रहरीले टोली खाद्यान्न सामाग्री नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्रहरी नायब निरीक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर–२१ अमलेखगंज कार्यालय अगाडी चेक प्वाईन्टमा बर्दिवास बाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५४३२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई राखिएको खजुर १८ काटुन र ४ बोरा चिनि १०० पन गरी १ लाख ८० हजार रुपैयाँ बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रियालाई बढाएको छ ।



























प्रतिक्रिया दिनुहोस्