सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ । छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक साढे ६ बजे डाकेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गरेका थिए । बैठकमा विभिन्‍न दलका सा‌ंसदहरूले धारणा राखेका थिए ।

उक्त छलफलमा उठेको जवाफ अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले सामान्य छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव ध्वनि मतले पारित गरेपछि सभामुख सापकोटाले आइतबारै साँझ साढे ६ बजेको अर्को बैठक आह्वान गरेका हुन् ।

बाट साभार साभार गरिएको हो ।