रोटरी क्लब अफ हेटौंडाले मकवानपुरमा जन्मिएर विभिन्न पेशामा संलग्न रहेर पुर्याएको योगदानको कदर गर्दै ३ जनालाई सम्मान गरेको छ ।
मकवानपुरमा जन्मिएका न्युरो सर्जन डा. गोपालरमण शर्मा, सन् २०२१को एसियाकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा र २०२२ को मुटुरोग विशेषज्ञ प्रा.डा. प्रेमराज वैद्यलाई भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट सम्मान गरिएको हो ।
शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा अवार्ड मार्फत सम्मान गरिएको हो ।
विश्वभरि फैलिएको कोभिड १९ का कारण प्रदान गर्ने भनीएको अवार्डहरु पनि आजै प्रदान गरिएको होभने नगद २५, २५ हजार राशी समेत प्रद्धान गरिएको थियो ।
डा. वैद्य हेटौंडाको पहिलो मुटुरोग विशेषज्ञ हुन् भने उनी नेपाल हर्ट फाउन्डेसनका प्रमुख समेत छन् ।
रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको सभाध्यक्षता मा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरको मेयर , उपमेयर, प्रा.बसन्त विडारी बिभिन्न वडाका वडाध्यक्ष,रोटरीका पूर्व अध्यक्ष तथा सदस्यहरु संचारकर्मी लगायतको उपस्थिती रहेको थियो।