नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकताको आधार तयार पार्नुपर्ने बताएका छन् । हालका लागि चुनावी गठबन्धनको वातावरण बनाउने र भविष्यमा वामपन्थी दलहरूबीच एकतामा जानुपर्ने उनले बताए ।
घनश्याम भुसाल । फाइल तस्बिर ।
एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको वाम एकताको आवश्यकता र औचित्यबारे मंगलबार आफ्नो धारणा राख्ने क्रममा भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बुझाउन बाँकी रहेको बताए । ुअनुभवले के बताउँछ भने नेताहरूका स्वार्थमा आधारित एकता टिक्दैन,ु उनले भने । पार्टी बलियो भएमा नेताहरूका स्वार्थ पूर्ति हुने तर स्वार्थका आधारमा एकता गर्न नहुने उनको भनाइ थियो । ुनेताका स्वार्थमा आधारित भएर एकता भयो भने हालत यस्तो हुन्छ भन्ने दुनियाँले, हामीले बुझिसकेका छौं । त्यो हाम्रो पार्टीभित्र पनि कमरेड ओलीलाई केही बुझाउनपर्ने बाँकी छ, नत्र भने सबैले बुझेका छन् । स्थायी समिति, पोलिटब्युरो सबैले बुझेका छन् । तल कार्यकर्ताले बुझेका छन्,ु उनले भने ।
कम्युनिस्ट आन्दोलन विभाजित भएको अवस्थामा मात्रै आफ्नो हैसियत देख्ने मानिसहरू वामपन्थी दलहरूबीचको एकताको विरोधमा लागिरहेको पनि भूसालको भनाइ थियो । इमानदार कार्यकर्ताहरूले एकताको तितो अनुभवबाट बिच्किएर विरोध गरेको र उनीहरूलाई प्रशिक्षित गरेपछि त्यो विरोध भने साम्य हुने उनको तर्क थियो ।
माओवादी केन्द्र र एकीकृत समाजवादीमा केही नेतालाई बुझाउन बाँकी रहेतो तर अधिकांश नेता र कार्यकर्ताहरूले पनि एकताबारे कुरा बुझिसकेको र जाने बाटो एकताको नै भएको उनको भनाइ थियो ।
पार्टीका नेताहरूबीच विगतमा भए गरेका क्रियाकलापको जिम्मेवारी लिने काम भएमा वामपन्थी एकताबारे सहज हुने भूसालको भनाइ थियो । अहिले एकले अर्कालाई आरोप लगाइरहँदा समस्या रहेको पनि उनले बताए । ुमाधव नेपाल र प्रचण्डको आँखाबाट हेर्दा ओली कम्युनिस्ट आन्दोलको खतरनाक तत्व हो भन्ने । ओलीले माधव नेपाल र प्रचण्ड खतरनाक तत्व हुन् भन्ने । बाहिर रहेकाले यी दुवै खतरनाक तत्व हुन् भन्ने, किनकि कम्युनिस्ट कम्युनिस्ट भिडिरहेका छन्,ु उनले भने ।
कम्युनिस्ट पार्टीका नेताहरूबीच यसरी कृत्रिम खालको दूरी बनाइएको भूसालको भनाइ छ । उनले विगत १४ महिनामा कम्युनिस्ट पार्टीहरूमा भएका गतिविधिको जिम्मेवारी लिने वातावरण भएमा आगामी दिनमा सहकार्य र एकताको वातावरण बन्ने बताए । ुजुन विभाजन, गालीगलौज छ त्यसमा एकैचोटी पार्टी एकतामा जान सकिन्न । तर, विगत १४ महिनामा जे भए त्यो विभाजनमा हामी सबै जिम्मेवार छौं भन्ने लागेमा हामी सबै जिम्मेवार छौं भन्ने भयो भने यो चुनावमा गठबन्धन बन्न सक्छ । हामीले गल्ती गरेका छौं, हामीले गल्ती नगरीकन अरुले आएर फोडिदिएको हो भन्ने बाहेक लाग्यो भने गठबन्धनको सम्भावना छ । राजनीतिक रूपले यो प्रसस्त छ,ु उनले भने ।
कम्युनिस्ट पार्टीहरूमा २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनले समस्या ल्याएको भूसालको विश्लेषण थियो । उनले कम्युनिस्टहरू विभाजनको कारक रहेको पुस ५ विघटनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले किनारा लगाइसकेकाले नयाँ शिराबाट अगाडि बढ्नुपर्ने बताए । ुसंसद् विघटन गर्नुहुन्थ्यो कि हुन्नथ्यो भन्ने संविधानअनुसार टुंगिइसकेको छ । त्यो निर्णय गलत छ ९प्रतिनिधिसभा पुनःस्थापनाको० भनेर जाने हो भने यो संविधान भत्किन सुरु गर्छ । अब पनि यसखालका विघटन ठीक छन् भनेर जानु भनेको सोझो रूपमा अस्थिरताको बाटोमा हिँड्नु हुन्छ, यसमा एमाले जान्न,ु उनले भने ।
कम्युनिस्ट पार्टी विभाजनको राजनीतिक कारणको संवैधानिक रूपमा नै टुंगो लागिसकेको भुसालको भनाइ थियो । वैचारिक र सैद्धान्तिक रूपमा एमाले, माओवादी र एकीकृत समाजवादीमा कुनै भिन्नता नभएको उनले बताए । यस्तो अवस्थामा निर्वाचनमा सहभागी हुने कम्युनिस्ट पार्टी फरक(फरक रहनुपर्ने आवश्यकता नभएको उनको भनाइ थियो ।
भूसालले एमालेको सोमबार बसेको पोलिटब्युरो बैठकमा पनि कम्युनिस्ट पार्टीहरूबीच चुनावी तालमेल र पार्टी एकताको कुरा राखेका थिए ।
यो समाचार कान्तिपुर बाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्