नेपाल सितोरियो कराते सङ्घ मकवानपुरको नगर कमिटीको बरिष्ठ सल्लाहकारमा विशाल राज महत लाई मनोनीत गरेको छ।
समितिका अध्यक्ष दामोदर दाहालको सभाध्यक्षतामा
हेटौंडा उपमहानगरको पुर्व मेयर हरि बहादुर महत को प्रमुख आतिथ्यतामा सामाजिक अभियानका महतलाइ सङ्घको सल्लाहकारमा मनोनित गरिएको हो।
यसै विषयलाइ सम्बोधन गर्दै महतले गठित सघका कार्यसमितीले खेल क्षेत्रको विकासमा सधै लाग्न सुझव दिदै सङ्घ्को उजागरका निम्ति आफ्नो साथ रहने उल्लेख गरे ।
कार्यक्रममा ४ का वडा अध्यक्ष नवीन सिक्देल नेपाल सितोरियो सङका जिल्ला अध्यक्ष दिपक लामा , प्रशिक्षक सुरेन्द्र श्रेष्ठ , नरेन्द्र श्रेष्ठ, मुकुन्द मान श्रेष्ठ बिष्णु भक्त लामा, नगर समितिका पदाधिकारी लगाततको सहभागिता रहेको थियो।














प्रतिक्रिया दिनुहोस्