मकवानपुर आसपासमा स्वयम् सेवकका रुपमा सर्प उद्धार गर्दै आएका हेटौंडाका राजेश गरिबलाई अरुणराज सुमार्गीले मोटरसाइकल हस्तान्तरण गरेका छन् ।
मकवानपुर आसपसमा पुगेर निःशुल्क रुपमा समाजिक सेवा भावले सर्प उद्धार गरिरहेका राजेश “गरिब”को सवारी साधान-नभएको जानकारी पाएपछि चलिरहेको मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
सामाजिक सेवा गरिरहेको र मोटरसाइकल बिक्रि हुने भएपनि त्यसको खासै अर्थ नहुने सेवामा प्रयोगका भने महत्व हुने बातए।
उद्योगी, व्यवसायी तथा सामाजिक गतिबिधिका लागि बिभिन्न संघ संस्थाको नेतृत्व समेत गरिसकेका सुमार्गीले सोही साधन मार्फत पुगेर सर्प उद्धार गर्दा अर्थ हुने भएकाले सानो सहयोग गर्ने अवसर मिलेकोमा खुसी लागेको बताए ।
मकवानपुरमा रहेर पत्रकारिता गरेसंगै गर्मी याममा सर्पको डर हुने र व्यक्तीको घरघरमा पस्दा निःशुल्क उद्धार उद्धार गरिरहेका राजेश गरिब र रोशन दिप प्रति खुसी लागेको बताए ।
मानव बस्तीको घरघरमा पसेको सर्प उद्धार पछि डिभिजन वनसंगको समन्वयमा मानव बस्तीभन्दा निकै पर बनक्षेत्रमा छाड्दै आएका छन् ।

सर्प उद्धारकै क्रममा आफुहरुले मकवानपुर र हेटोंडामा १७ प्रजातीका सर्पहरु भेटिएको गरिबले बताएका छन् ।
जसमा विश्वकै सबै भन्दा ठुलो , लामो र विषलु मानिने किङ कोब्रा नेपालमै अति विषालु मानिने बेन्डेड करेट, मोनोस्लेड कोब्रा, स्पेटिकल कोब्रा, कोरल स्नेक, ग्रिनपिट भाइपर, रेडनेक किलव्याक भेटिने गरेको छ ।
त्यस्तैगरि अविषालु सर्पहरु कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, त्यस्तैगरि हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्रलाईङ्ग स्नेक, कमन क्याट स्नेक भेटिने गरेका छन् ।

















प्रतिक्रिया दिनुहोस्