Rato Samachar
Tue, 15 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

मालपोत जुम्लाद्वारा दुई करोड राजस्व सङ्कलन

मालपोत कार्यालय जुम्लाले आार्थिक वर्ष २०७८÷७९ मा मात्र रु दुई करोड नौ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिनुभयो । त्यसमध्ये आर्थिक वर्ष २०७८÷७९ मा मालपोत कार्यालयले तीन सय ७२ महिलाका नाममा जग्गा नामसारीसमेत गरेको छ । पछिल्लो समयमा ग्रामीण भेगका महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । एक सय ८८ महिला ग्रामीण क्षेत्रका र सहरी क्षेत्रका एक सय ८४ महिला रहेका छन् । कार्यालय प्रमुख रोकायाका अनुसार ग्रामीण र सहरी क्षेत्रका महिलाका नाममा जग्गा पास गरेकामा रु २४ लाख ६४ हजार नौ सय ३४ राजस्व छुट भएको छ । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा ग्रामीण क्षेत्र र सहरी क्षेत्रका गरी ७८ दलितका नाममा लिखत पास भएको छ । त्यसमा ग्रामीण क्षेत्रका ५६ र सहरी क्षेत्रका २२ गरी जम्मा ७८ जनाको लिखत पास गर्दा रु एक लाख ८७ हजार तीन सय ५२ रकम राजस्व छुट भएको कार्यालय प्रमुख रोकायाले बताउनुभयो । यस्तै गत आर्थिक वर्षमा एक अपाङ्गता भएका व्यक्तिका नाममा लिखत पास भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मालपोत कार्यालयबाट ग्रामीण क्षेत्रका महिला र पुरुष गरी सात सय ५० तथा सहरी क्षेत्रका छ सय ४० गरी जम्मा एक हजार तीन सय ९० जनाको लिखत पास भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालयबाट सङ्कलन भएको जम्मा राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय निकायामा जाने गरेको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology