मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ मा वडाध्यक्षमा राजन दंगाल विजयी भएका छन् ।
केहिबेर अघि,सार्वजनिक भएको मतपरिणाम अनुसार वडाध्यक्षका उम्मेदवार दंगालले ११११ मत पाए ।
दंगालका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विमल नेपालले ७८९ मत प्राप्तल गर्दा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिमल्सिनाले ६५६ मत पाए ।
२०७४ मा भएको स्थानीय निर्वाचनमा पनि उनि नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका दंगाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्वार बनेका दंगाल सहित
एमाले तर्फका प्यानलनै विजयी भएको छ ।
राप्रपाबाट वडाध्यक्षका उम्मेद्वार बनेका तेज प्रसाद चौलागाईले ३८ मत र जनता समाजवादी पार्टी, नेपालका वाल कुमार माझीले ५ मत पाएका छन् ।























प्रतिक्रिया दिनुहोस्