मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथौं संस्करण –२०७९ आजबाट हेटौंडामा सुरु भएको छ ।
आज दिउँसो हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरपालिकाका पूर्वमेयर हरि बहादुर महतले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरिएको हो ।
जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । आज दिउँसो सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति क्लब बीच उद्घाटन खेल भएको हो
।














प्रतिक्रिया दिनुहोस्