सहयोगको सामाग्री हस्तान्तरण गरिँदै ।

हेटौंडा । नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरको सदस्यता विशेष अभियान सुरु भएको छ । सोमबारबाट प्रेस युनियनले आफ्नो १ सय दिने सदस्यता विशेष अभियान  सुरु गरेको छ । युनियनले विशेष अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ मकवानपुरलाई ४ थान फ्यान र महिला पत्रकारको संस्था सञ्चारिका समूह मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको हो ।

प्रेस युनियनका उपाध्यक्ष कपिल खड्काको संयोजनामा तथा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यमा सामाग्री हस्तान्तरण कार्यक्रम भएको हो ।

युनियनका अध्यक्ष सुवास बिडारीले पत्रकारिता क्षेत्रका संघ–संस्था र संगठनलाई सहयोग तथा प्रोत्साहन दिने कार्यलाई प्राथमिकतामा राखेको बताए । उक्त कार्यले सञ्चारकर्मीबीच आपसी सद्भाव र सहकार्य अझ मजबुत हुने विश्वास लिएको उनले बताए । कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, पूर्व केन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक प्रदेश अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी र सञ्चारिका समूहकी अध्यक्ष निशा गुरुङको पनि उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी