नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिगमाथि जबरजस्ती करणीको उजुरी परेको छ ।

सन्दीपविरुद्ध  मंगलबार जबरजस्ती करणीको उजुरी परेको हो । उनीविरुद्ध गत भदौ पाँच गते एक १७ वर्षीया किशोरीलाई  जबरजस्ती करणी गरेको उजुरी परेको हो ।

उजुरीमा नाबालिगले सन्दीपसँग सामाजिक सञ्जालमार्फनत चिनजान भएको र भेट्न बोलाएर उनले आफूलाई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।

उजुरीमा बालिकाले आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको होटलमा लगेर बलात्कार गरेकाे उल्लेख गरेकी छन् ।

प्रहरी प्रधान कार्यालयको उच्च स्रोतका अनुसार बालिकाले त्यस रात आफूलाई सन्दीपले दुईपटक जबरजस्ती करणी गरेको बताएकी छन् । ती बालिका अहिले प्रहरी र आफन्तको संरक्षणमा रहेको बताइएको छ ।