Rato Samachar
Fri, 4 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

पाल्पामा फस्टाउँदै उद्योग व्यवसाय

पहाडी जिल्ला पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भएपनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग खुल्ने क्रम बढिरहेको छ । जिल्लामा हिजोआज उद्योग व्यवसाय फस्टाउनुका साथै बर्सेनी लगानी बढाउने उद्यमीको आकर्षण उत्तिकै छ । वैदेशिक रोजगारबाट फर्केका युवाले आफूले कमाएको धन गाउँमै विभिन्न उद्योग, व्यापार, व्यवसायमा लगानी गर्न थालेका छन् । करिब एक दशक जापानमा वैदेशिक रोजगारको अनुभव बटुल्नुभएका रामपुरका युवा कैलाश डोटेलले बेझाड बजारमा रबिन जनरल स्टोर्स तथा क्यारोल सप्लायर्स सञ्चालन गर्नुभएको छ । लामो समयसम्म विदेशको अनुभव सँगाल्नुभएका डोटेलले गाउँमै बसेर व्यवसाय गर्ने र अन्य युवामा पनि प्रोत्साहन मिलोस् भन्ने मनसाय बोकेर व्यवसाय सुरु गरेको बताउनुहुन्छ । “विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, सोचेअनुसार काम सबैलाई मिल्दैन, केहीले राम्रै कमाइ पनि गरेकै छन् भने केही रित्तो हात फर्कनुपरेको छ, परिवारको साथमा गाउँमै बसेर व्यवसाय गर्दा धेरै आनन्द छ, व्यापार राम्रै चलेको छ”, उहाँले भन्नुभयो । रामपुरकै अर्का युवा सुदीप गैरेले बेझाड बजारमै पूजा सामग्री पसल सुरु गर्नुभएको छ । उद्योग तथा व्यवसाय फस्टाउँदै गरेको रामपुर बजारमा भोलिको राम्रो सम्भावना देखेर परिवारको सहयोगमा व्यवसाय सञ्चालन गरेको उहाँ बताउनुहुन्छ । आर्थिक वर्ष २०७८÷७९ मा उत्पादनमूलक ५३, ऊर्जामूलक ५०, कृषि तथा वनजन्य तीन सय २६, पर्यटन ६१, सेवामूलक ८१, निर्माणतर्फ छ गरी जम्मा पाँच सय २१ उद्योग नयाँ दर्ता भएका छन् । यी उद्योगमा रु एक अर्ब ६५ लाखको पूँजी लगानी र रु १८ लाख ८२ हजार तीन सय २० कुल राजस्व प्राप्त भएको छ । त्यसैगरी वाणिज्यतर्फ तीन सय ७१ फार्म दर्ता भएका छन् । यी फर्ममा रु ५८ करोड ७८ लाख ५० हजार कुल पूँजी लगानी र रु ३३ लाख ७६ हजार दुई सय ७९ कुल राजस्व प्राप्त भएको छ । गत आवमा तीन सय ८५ उद्योग नवीकरण, एक सय ८८ लगतकट्टा, दुई सय ३१ पूँजी वृद्धि, २९ प्रतिलिपि लिएको, सातवटा उद्देश्य थप वा परिवर्तन, पाँचवटा नामसारी तथा ठाउँसारी गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो क्रममा प्रदेश सरकारले जारी गरेको कानुनबमोजिम रु पाँच लाखभन्दा कम पूँजी लगानी भएका उद्योग तथा वाणिज्य फर्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा लगतकट्टा गर्ने सङ्ख्या वृद्धि भएको हो । “पाल्पा जिल्लामा उद्योग तथा वाणिज्य फर्म स्थापना गरी व्यवसाय गर्नेको आकर्षण बढ्दो छ, यहाँ उद्योग तथा वाणिज्य फर्म विस्तार हुँदै जाँदा धेरैले रोजगार गर्ने राम्रो अवसर पाएका छन्”, उहाँले भन्नुभयो । आव २०७७÷७८ मा छ सय १९ उद्योग र तीन सय ८३ वाणिज्य फर्म दर्ता भएको पाइएको छ । दर्ता भएका उद्योगमध्ये अधिकांश निजी उद्योग छन् भने केही साझेदारी र प्रालि छन् । उत्पादनमूलक ५१, कृषि तथा वनजन्य चार सय २८, पर्यटन र सेवामूलक ७०÷७० वटा दर्ता भएको पाइएको छ । महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । दर्ता भएका उद्योगमध्ये २०७८÷७९ मा तीन सय ४२ र २०७७÷७८ मा दुई सय ९८ छन् । प्रदेश सरकारबाट प्राइभेट फर्म ऐन २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी बर्सेनी बढ्दै गएका हुन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् । वाणिज्यतर्फ दर्ता भएका फर्ममा अधिकांश किराना पसल रहेको पाइएको छ । आव २०७७÷७८ मा दर्ता भएका उद्योगमा रु एक अर्ब २१ करोड ४३ लाख लगानी भएको छ भने वाणिज्य फार्मको रु ५४ करोड ८१ लाख लगानी परेको छ । यसैगरी कार्यालयमा आव २०७७÷७८ मा उद्योग चार सय ६० र वाणिज्य छ सय ६१ गरी जम्मा एक हजार एक सय २१ फर्म नवीकरण गरिएको छ । यहाँ एक सय दुई उद्योग र एक सय ४३ वाणिज्य फर्म गरी जम्मा दुई सय ४५ लागतकट्टा भएका छन् । पूँजी वृद्धि, कारोबार परिवर्तन, नामसारी, ठाउँसारीलगायतका एक हजार एक सय एक काम भएका छन् । आव २०७६÷७७ मा जिल्लामा चार सय सात नयाँ उद्योग थपिएका छन् । जसमा लघुउद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम तीन सय ९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वनजन्यमूलक एक सय ५५, पर्यटनमूलक एक सय ४८, सेवामूलक ६२ उद्योग दर्ता भएका छन् । महिलाका नाममा एक सय ८१ र पुरुषको नाममा दुई सय ४३ उद्योग दर्ता भएको पाइएको छ । आव २०७५÷७६ मा उत्पादनमूलक ५२, कृषि तथा वनजन्यमूलक एक सय ११, पर्यटनमूलक ९७ र सेवामूलक एक सय १० गरी जम्मा तीन सय ७० उद्योग थपिएका थिए । यहाँ दर्ता भएका उद्योगमा साझेदारीका उद्योगमा रु ५० लाख, प्रालितर्फका रु एक करोड र कृषि उद्योग रु १५ लाखदेखि २० लाखसम्मका दर्ता भएको पाइएको छ । पाल्पामा कार्यालय स्थापनादेखि हालसम्म उत्पादनमूलक छ सय ११, कृषि तथा वनजन्य एक हजार तीन सय चार, पर्यटनमूलक आठ सय ४३, सेवातर्फ एक हजार ६९ गरी जम्मा तीन हजार आठ सय २७ उद्योग तथा व्यवसाय दर्ता भई सञ्चालनमा छन् । कार्यालयले लघु, घरेलु तथा साना उद्योगमात्र दर्ता गर्न पाउने अधिकार रहेको छ । रु १० करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, रु १० करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र रु २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रूपमा वर्गीकरण गरिएको छ । रु १० करोडमाथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । साना लगानी गरेरै भए पनि उद्यमी बन्नेको जिल्लामा आकर्षण छ । उद्योग दर्ता गरेपछि पाँच वर्षसम्म नवीकरण गर्नु नपर्ने र त्यसपछि दुई–दुई वर्षको अवधिमा नवीकरण गर्ने गरिन्थ्यो भने हाल तीन–तीन वर्षमा उद्योग दर्ता गर्ने व्यवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology