Rato Samachar
Thu, 4 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज स्वास्थ्य

‘नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था लैङ्गिक समानता सम्बोधन गर्न कमजोर’

नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था आफ्ना नीति तथा कार्यक्रममा लैङ्गिक समानतालाई सम्बोधन गर्न पछाडि परेको एक अध्ययनले देखाएको छ । महिलाका अधिकार संरक्षण गर्ने गरी जारी भएको नेपालको संविधान तथा विद्यमान कानुनका बाबजुद सो अध्ययनले यस्ता संस्थाले लैङ्गिक समानताका लागि सहयोग पु¥याउने नीति तथा अभ्यासको पारदर्शिता र उपलब्धता अपर्याप्तसमेत भएको देखाएको छ । ग्लोबल हेल्थ ५०÷५० र वातावरण, जनसङ्ख्या र स्वास्थ्य कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले आज यहाँ सार्वजनिक गरेको अध्ययनमा सो अपर्याप्त भएको देखाएको हो । ती दुई संस्थाद्वारा जारी विज्ञप्तिमा नेपालमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ७७ संस्थाका कार्यगत क्षेत्र र सञ्चालित स्वास्थ्य कार्यक्रमको परीक्षण सो अध्ययनमा गरिएको जनाइएको छ । ती संस्थामध्ये ४७ नेपालमा सञ्चालनमा रहेका वा नेपालमा कार्यालय स्थापना गरी सञ्चालित विश्वव्यापी संस्था र ३० राष्ट्रिय गैरसरकारी संस्था रहेको जनाइएको छ । त्यस्तै दुई मन्त्रालय र तीन सरकारी विभागको पनि विश्लेषण सो अध्ययनमा गरिएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाको उनीहरुको नीति र कार्यक्रममा लैङ्गिक समानताको मापन गर्ने लक्ष्य राखेर अध्ययन गरिएको सो पहिलो अध्ययन भएको जनाइएको छ । अध्ययनको निष्कर्षले लैङ्गिक समानता मापनका लागि प्रयोग गरिएका चार क्षेत्रमा सुधारका लागि विशेष ठाउँ रहेको देखाएको छ । आधाभन्दा कम (१३÷३०) राष्ट्रिय गैह्रसरकारी संस्थाले सार्वजनिक रुपमा लैङ्गिक समानतामा प्रतिबद्धता जनाएका छन् । त्यसैगरी तीन गैह्रसरकारी संस्थाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई समावेश गरेर आफ्नो प्रतिबद्धता जनाएका छन् । लैङ्गिक समानताको सार्वजनिक प्रतिबद्धता जनाउनु भनेको कार्यक्षेत्रमा र स्वास्थ्य मापन सूचकको प्राप्तिमा लैङ्गिक असमानताको सम्बोधनका निम्ति सुरुआत विन्दु भएको अध्ययनमा उल्लेख छ । कृपाका सहनिर्देशक एवम् अध्ययन प्रतिवेदनका सहलेखक डा महेश पुरीले भन्नुभयो, “यस अध्ययनले लैङ्गिक समानताका लागि पारदर्शिता हासिल गर्नका निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था पछाडि रहेको उजागर गरेको छ । केही संस्थाले महिलाको वृत्ति विकास र समान अवसर प्रदान गर्ने कार्यस्थलगत नीति प्रकाशित गरेका छन् । ती पारदर्शिता देखाउनका लागि मात्र नभएर उनीहरूका प्रतिबद्धताहरूको लेखाजोखा गर्नका लागि पनि यस्ता नीति सार्वजनिक रूपमा उपलब्ध हुनुपर्दछ । हाम्रो अध्ययन प्रतिवेदन नेपालमा लैङ्गिक समानताका लागि भएको प्रगतिको मूल्याङ्कन गर्ने सुरुआत पनि हो ।” लैङ्गिक समानता, विविधता र समावेशीकरणका लागि कार्यस्थलगत नीतिले कार्यक्षेत्रलाई राम्रो बनाउन प्रोत्साहन र सहयोग गर्दछन् । यस अनुरूप महिला र कम प्रतितिधित्वमा परेका समूहका लागि पनि वृत्ति विकासमा सहज बनाउने अध्ययनमा भनिएको छ । समीक्षा गरिएका ४७ अन्तरराष्ट्रिय संस्थाहरूमध्ये तीन संस्थाहरुमा नेपाल केन्द्रित कार्यस्थलगत लैङ्गिक समानता नीतिहरू र दुईमा विविधता समावेशी नीति (विश्वव्यापी नीतिभन्दा भिन्न) रहेको पाइएको अध्ययनमा उल्लेख । ती संस्थाको प्रसूति बिदासम्बन्धी नीति नियमको समीक्षा गर्दा ‘सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन, २०१८’ मा व्यवस्था गरिएअनुसार महिलाले पाउनुपर्ने अधिकारभन्दा कम हप्ताको तलबी प्रसूति बिदा प्रदान गरेको देखाएको छ । यसबाट तत्काल कार्यस्थलगत नीति अद्यावधिक गरी यसको सुनिश्चितता गर्नुपर्नेतर्फ अध्ययन प्रतिवेदनले औँल्याएको छ । नेतृत्व तह र व्यवस्थापकीय पदमा लैङ्गिक समानतामा विभेद पनि यस अध्ययनले देखाएको छ । महिलाहरूको उच्च तथा निर्णायक स्तरमा कम प्रतिनिधित्व छ । राष्ट्रिय गैरसरकारी संस्थामध्ये एक तिहाइमा (१०÷३०) मात्र महिलाहरूको नेतृत्व पाइएको छ । संविधानले निजामती सेवामा महिलाहरूको नियुक्ति वृद्धि गर्ने प्रतिबद्धता जनाएको भए तापनि ती निकायहरूमा पुरुष नेतृत्वकै वर्चस्व रहेको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माथिल्लो व्यवस्थापकीय तहमा धेरै नै लैङ्गिक असमानता अर्थात् ८९ प्रतिशत (२५÷२८) पुरुष रहेको पाइएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको उच्च व्यवस्थापनमा लगभग लैङ्गिक समानता (५४ प्रतिशत पुरुष र ४६ प्रतिशत महिला) रहेको पाइएको छ । अन्तरराष्ट्रिय सङ्गठनका नेपालस्थित कार्यालयमा हरेक पाँचमा दुई (११÷२९) मात्र नेपाली नागरिकहरूले नेतृत्व गरेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “ यसले अन्तरराष्ट्रिय सङ्गठनहरूमा उनीहरूको वृत्ति विकासका अवसरमा अभाव भएको देखाउँदछ ।” स्वास्थ्यसम्बन्धी सूचकका असमानतालाई सम्बोधन गर्न लैङ्गिक रूपान्तरण कार्यक्रम मुख्य हो, तर तीनमध्ये एक (९÷३०) गैह्रसरकारी संस्थाहरूमा लैङ्गिक विहीनताका कार्यक्रम छन् । त्यस्तै, करिब ४ प्रतिशत (२÷४७) अन्तरराष्ट्रिय संस्थाको नेपालका कार्यक्रम पनि लैङ्गिकविहीन रहेको पाइएको अध्ययन प्रतिवेदनमा भनिएको छ । ग्लोबल हेल्थ ५०÷५० का सहनिर्देशकद्वय प्रा सारा हक्स र प्रा केन्ट बुसले भन्नुभयो, “अध्ययन प्रतिवेदनले लैङ्गिक समानतालाई राष्ट्रिय सन्दर्भमा बुझ्नका लागि नयाँ सम्भावना देखाएको छ । यो तथ्याङ्क लैङ्गिक समानता र स्वास्थ्य समता प्राप्तिका लागि प्रयोगमा ल्याउन नेपाल सरकारलाई आग्रह गर्दछौँ । यसले प्रभावकारी परिवर्तन यसै भित्रबाट ल्याउँदछ । हामी यस स्तरको अध्ययन प्रतिवेदन तयार पार्न कृपालाई सघाउन पाएकामा खुसी छौँ ।”रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता

फोहोर खोज चुनौतीमा कालिका टोल प्रथम

रातो समाचार संवाददाता

हंगामाबीच हराउँदै संसदीय गरिमा : हिजोको घटनाले उठायो गम्भीर प्रश्न

भान्सा नै औषधालय कार्यक्रम, दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण

रातो समाचार संवाददाता

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

लोकप्रिय



भर्खरै

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता

फोहोर खोज चुनौतीमा कालिका टोल प्रथम

रातो समाचार संवाददाता

हंगामाबीच हराउँदै संसदीय गरिमा : हिजोको घटनाले उठायो गम्भीर प्रश्न

भान्सा नै औषधालय कार्यक्रम, दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology