नेपालका लागि होन्डा ब्राण्डका जेनेरेटर तथा अन्य होन्डा पावर प्रोडक्टको एक मात्र आधिकारिक वितरक स्याकार टेडिङ कम्पनी प्रालिले विकट ठाउँमा स्वास्थ्य सेवा तथा उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई विभिन्न स्वास्थ्य उपकरणसहित होन्डा जेनेरेटर सहयोग गरेको छ।

सहयोग गरिएका उक्त समाग्रीहरूमा भिडियो एक्सरे तथा अन्य डायग्नोष्टिक उपकरणहरू रहेका छन्। उक्त उपकरणको सहयोगबाट स्वस्थशिविर सञ्चालन एवम् उद्धार कार्यमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।

ज्योति समूहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउन्डेसनका सञ्चालक मिरा ज्योति, स्याकर टे«डिङ कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिले एक कार्यक्रमका बीच उक्त संस्थालाई होेन्डा जेनेरेटर हस्तान्तरण गरेका हुन्। होन्डा जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरू उच्च गुणस्तर, कम ईन्धन खपत, कमआवाज, न्यूनतम सञ्चालन खर्च, वातावरण मैत्री र भरपर्दो रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो