हेटौंडा । हेटौंडा–१०,स्थित टिसीएचन चौरमा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा गायीका सहिमा श्रेष्ठले आफ्नो सांगीतिक प्रस्तूति गरेकी छिन् । महोत्सव अन्तर्गत गायीका सहिमा श्रेष्ठले मंगलबार आफ्नो सांगीतिक प्रस्तुति गरेकी हुन् ।

महोत्सवको पाँचौं दिन उनले आफ्नो विभिन्न गीतसँगै नृत्य पनि प्रस्तुत गरेको आयोजकले जानकारी दिएको छ । गायीका दर्शन सलाम्, यो मन त मेरो नेपाली हो, हातमा मेहन्दी,सल्ल बगेको पानी लगायतका गीतको प्रस्तुति गरेकी थिइन् । उनको प्रस्तुतिमा दर्शकहरुको रमाएका थिए ।

रातो समाचार संवाददाता
थप जानकारी