Rato Samachar
Sun, 14 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
विचार-ब्लग शिक्षा समाचार

कालिका मन्दिरको विकासका लागि पञ्चवर्षीय योजना तयार

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ । गत माघमा आएको नयाँ कार्यसमितिले कालिका मन्दिरमा आगामी पाँच वर्षमा गर्न सकिने कामको ३१ बुँदे रणनीतिक योजना तयार पारेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले कालिका मन्दिरलाई संरक्षण, थप कलात्मक तथा मन्दिर वरपरका क्षेत्रमा योजनाबद्ध विकास गर्नका लागि पञ्चवर्षीय रणनीति तयार पारेको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले आफू आए पनि आगामी पाँच वर्षभित्र कालिका मन्दिरमा गर्न सकिने विकास, सामाजिक कार्य तथा कालिकाको महिमा बढाउने विषयमा रणनीति तयार पारेर अघि बढेको बताउनुभयो । उहाँले कालिका मन्दिरको विकासका लागि ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको र यसै योजनामार्फत आफूले काम गर्ने बताउनुभयो । कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार मन्दिर परिसरभित्र रहेका जीर्ण संरचना पुरातात्विक हिसाबले निर्माण गर्ने, मन्दिर बाहिर विद्याश्रम र धर्मशाला निर्माण गर्ने, धार्मिक सङ्ग्रहालय निर्माण गर्ने, मन्दिर परिसरमा अखण्डधुनी निर्माण गर्ने, हवन कुण्ड निर्माण गर्ने, मन्दिर परिसरमा प्रयावरण सन्तुलन राख्नेजस्ता महत्वपूर्ण कार्य हुनेछन् । खड्काले भन्नुभयो, “पर्यटकीय गाइड राख्नेदेखि अपाङ्गमैत्री संरचना निर्माण गर्ने रणनीतिक योजनामा छ, यस्तै भक्तजनको रेकर्ड राख्ने, सिसी क्यामेराले निगरानी गर्ने र आफ्नै वेबसाइट निर्माण गर्नु हो ।” मन्दिर प्रवेश गर्ने दुई स्थानमा सुरक्षा गेट निर्माण गर्ने, मन्दिर परिसरको जङ्गलमा पाइने वन्यजन्तुको संरक्षण गर्नेलगायतका योजना समावेश गरिएको छ । कनिदर परिसरको घना जङ्गलमा चितुवा, मृग तथा कालिज प्रसस्त पाइन्छन् । रणनीतिक योजनाअनुसार काम गर्दा मन्दिरको भइरहेको संरचनामा क्षति नपुग्ने, कम खर्च लाग्ने र मन्दिरको स्वरुप नबिग्रने खड्काको भनाइ छ । मन्दिरले सामाजिक उत्तरदायित्वअनुसार योगा स्थानको व्यवस्था गर्ने, गरिब, जेहेन्दार, अनाथ तथा असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले शैक्षिक कोष निर्माण गर्ने, बागलुङमा सञ्चालित मानव सेवा आश्रमलाई व्यवस्थित गराउनका लागि पार्किङ व्यवस्थापन आश्रमले नै गर्ने र आम्दानीसमेत आश्रमले नै लिने व्यवस्था मिलाइने मन्दिरको योजनामा समावेश गरिएको छ । मन्दिरको ३१ बुँदे रणनीतिक योजनाअनुसार मन्दिरले कालिका भगवतीको नामाङ्कित एम्बुलेन्स, शव बाहन तथा दमकलको समेत व्यवस्थापन गर्ने पञ्चवर्षे योजनामा समावेश गरिएको छ । कालिका मन्दिरले भेटीमार्फत सङ्कलन गर्ने रकम र विभिन्न सरकारी कार्यालयले दिएको योजनाअनुसार पञ्चवर्षे रणनीतिक योजना सफल पार्ने जनाएको छ । कालिका मन्दिर परिसरमा रातको समयमा अवान्छनिय गतिविधि भएको पाइएकाले मन्दिर प्रवेशद्वार राति ९ बजेदेखि बिहान २ बजेसम्म बन्द गरिने भएको छ । मन्दिरको सुरक्षाका लागि राखिएका आठवटा सिसी क्यामेरा थपेर अहिले २४ पु¥याउन थालिएको भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology