रोशन दीप

बागमती । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा किङ्ग कोब्रा भेटिएको छ । मंगलबार बागमती गाउँपालिका वडा नम्बर–७,स्थित सात तल्लेको एक वस्तीबाट विश्वै सबैभन्दा लामो तथा विषालु मानिने किङ्ग कोबा सर्प भेटिएको हो ।बागमती गाउँपालिकाको सात तल्लेको बस्तीबाट करिब १२ फिट लामो किङ्ग कोब्रा सर्पको उद्दार पत्रकार एवम् मकवानपुरका सर्प उद्दारकर्ता राजेश थापा गरिब र रोशन थापा दीपले उद्दार गरेका हुन् । यस अघि पनि करिब एक वर्ष पहिले वैशाख महिनामै डिभिजन वन कार्यालय मकवानपुरसँगको उनीहरुले लगभग १२ फिटकै किङ्ग कोब्रो सर्पको उद्दार गरिसकेका थिए । उनीहरुले बागमती गाउँपालिकाबाट यो दोस्रो पटक सर्पको उद्दार गर्न सफल भएका हुन् ।

बागमती गाउँपालिकाका स्थानीय वासिन्दा सन्तबहादुर सिन्तानले फोन मार्फत सर्प आएको भन्ने खबर गरेपछि तत्तकालै दुबै जना सर्प उद्दारकर्ता राजेश थापा गरिब र रोशन थापा दीप हेटौंडाबाट घटनास्थल बागमती गाउँपालिकामै पुगेर सकुशल रुपमा १२ फिट लामो किङ्ग कोब्राको उद्दार गरेको बताएका छन् ।

बागमती गाउँपालिकाको डिभिजन वन कार्यालय र बागमतीको इलाका प्रहरी कार्यालय सँगको समन्वयमा उनीहरुले उक्त किङ्ग कोब्रोको सकुशल रुपमा उद्दार गरेर सुरक्षित वास स्थान वन जंगलमा छाड्न सफल भएको बताएका हुन् ।

सर्प उद्दारकर्ता राजेश गरिब र रोशन दीपले डेढ वर्षको अवधीमा झण्डै मकवानपुर जिल्लाभरीबाट १० वटाको हाराहारीमा सर्प उद्दार गर्न सफल भएको बताउँछन् । उनीहरु यस अघि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९,१० र १९ नम्बर वडाबाट १–१ वटा र हेटौंडा–१६ बाट २ वटागरी ४ वटा र मकवानपुरगढी गाउँपालिकाबाट किङ्ग कोब्रोको उद्दार गरेर वन कार्यालय सँगको समन्यवमा सुरक्षित स्थानमा छाडेको बताएका छन् ।

सर्प उद्दारपछि इलाका प्रहरी कार्यालयका प्रहरीसहित स्थानीय वासिन्दाहरुले आफूहरु सुरक्षित भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनीहरुले हेटौंडाबाट बागमती सम्म आइपुगेर सेवाको भावनासहित आफ्‌नो ज्यान जोखिममा राखेर सर्पको र मानिसको दुबैको ज्यानको सुरक्षा हुनेगरी सकुशल सर्पको उद्दार गरेर जंगलमा छाडेकोमा खुशी व्यक्त गरेका छन् ।

सर्पलाई मार्नु हुन्न भन्ने मनोभावनाले दुबै सर्प उद्दारकर्तालाई उद्दारका निम्त्ति बोलाएको उनीहरुको भनाई छ । अन्य सर्प भन्दा २० प्रतिशत बुद्धि हुने किङ्ग कोब्रोको अत्यन्त संवेदनशिल सर्प किङ्ग कोब्रोले मात्रै एक पटकका झण्डै ४० वटा देखि ५० वटा सम्मा अण्डा दिएर गुण बनाएर करिब ३ं महिनासम्म त्यही गुँडमा बसेर अण्डाको संरक्षण गर्ने काम गर्छ भने अण्डाबाट बच्चा निकल्नुभन्दा ३,४ दिन पहिलेनै सर्प खाने भएको त्यहाँबाट भाग्ने गर्छ ।

यो विश्वकै सबैभन्दा ठूलो, लामो र विषालु सर्प प्रजातिमध्ये एकमा पर्ने किङ कोब्रालाई राजगोमन र कालीनाग पनि भनिन्छ भने किङ्ग कोब्राले सर्प खाने गरेकोले यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । टोकाइमा पाइने न्यूरोटक्सिक भेनम विष अत्यन्त घातक हुन्छ । किङ्ग कोब्रोको एक पटकको टोकाइले करिब २१ जना मानिस वा एउटा हात्तीलाई मार्ने गर्छ ।

सर्पहरूले वातावरण सन्तुलन कायममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सर्पको संरक्षण गर्न आवश्यक रहेको सर्प उद्दारकर्ता राजेश र रोशनले बताएका छन् । उनीहरुले अहिलेसम्म मकवानपुर जिल्लाबाट अतिरिक्त मोनोस्लेड कोब्रा, स्पेक्टिकल कोब्रा, बेन्डेड , कोरल स्नेक, ग्रीन पिट भाइपर लगायतका विषालु प्रजातिका र अन्य अविषालु सर्पहरु अजिंगरसहित कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, ब्रोन्जव्याक ट्रि स्नेक उद्दार गरिसकेका छन् । सर्प विशेषज्ञहरूले गरेको खोजअनुसार नेपालको दुई हजार मिटरसम्मको उचाइमा पनि सर्पहरू पाइने गरेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी