Rato Samachar
Mon, 21 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

‘उपभोक्तालाई ठगी गरे कारबाहीमा परिएला’

  •  तपाइँले व्यापार–व्यवसायको सिलसिलामा कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? ठगी गरेको भए कारबाही पर्नुहोला । गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा उपभोक्ता ठगी गर्ने काभ्रेपलाञ्चोक भकुण्डेबँेसीको पशुपति आयल स्टोर्स, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, चन्द्रागिरि दहचोकमा रहेको शुभशोप एन्ड केमिकल उद्योग, बालाजुस्थित राजेश हार्डवेयर, काभ्रेपलाञ्चोकको चण्डेश्वरी डेरी फर्म रहेका छन् । यस्तै, भक्तपुरको सूर्यविनायकमा रहेको चम्पकेश्वर हार्डवेयर, कालीमाटीमा रहेको एचआर ट्रेड लिङ्क, काठमाडौँको मूलपानीस्थित जी एन्ड जी हार्डवेयर, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज र चारवटा ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी एवम् निरीक्षक निराजन पुडासैनी चालु आर्थिक वर्षमा २८ एकल अनुगमन तथा ९९ संयुक्त अनुगमनका क्रममा ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरिएको बताउनुहुन्छ । कुन कम्पनीलाई कस्तो जरिवाना माग ? गुणस्तर तथा नापतौल कार्यालयले काभ्रेपलाञ्चोकको भकुण्डेबँेसीमा रहेको पशुपति आयल स्टोर्सले १० लिटर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दा दुई सय ५० मिलीलिटरसम्म घटी बेचेकाले कारबाही गरेको हो । उक्त आयल स्टोर्सलाई वाणिज्य विभागले रु दुई लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । नुवाकोटमा रहेको वनदेवी आयल स्टोर्सले डिजेल तथा पेट्रोल पम्पमा गुणस्तर तथा नापतौल कार्यालयले लगाएको सिल छिनाएर डिजेल तथा पेट्रोल बिक्रीवितरण गरेकाले नापतौल कार्यालयले तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी पुडासैनीले बताउनुभयो । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा सञ्चालित शुभशोप एन्ड केमिकल उद्योगले नाङ्गो साबुन उत्पादन गरेर बिक्रीवितरण गर्दा उक्त साबुनको तौल तथा लेभल नराखेर बिक्रीवितरण गरेको भन्दै एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । सो उद्योगले तराजुसमेत दर्ता नगरी सञ्चालन गरेको पाइएको नापतौल कार्यालयले जनाएको छ । बालाजुमा रहेको राजेश हार्डवेयरले बिक्रीवितरण गरेको फलाम (कृष्ण मेटल)मा बिलभन्दा कम तौल बिक्री गरेकाले नापतौल कार्यालयले कारबाहीस्वरुप अदालतमा मुद्दा दायर गरेको हो । उक्त हार्डवेयरलाई वाणिज्य विभागले समेत रु तीन लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । काभ्रेपलाञ्चोकमा सञ्चालित चण्डेश्वरी डेरी फर्मले उत्पादन गरेको घ्यूको बट्टामा उत्पादन मिति, तौल नराखी बिक्रीवितरण गरेकाले कारबाही गरेको हो । सो डेरीले नापतौल यन्त्रसमेत दर्ता नगरी सञ्चालनमा ल्याएको सूचना अधिकारी पुडासैनीले बताउनुभयो । उक्त डेरीले गरेको ठगी हेलो सरकारमार्फत नापतौल कार्यालयलाई उजुरी आएको थियो । उक्त डेरीलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी काभ्रे जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको नापतौल कार्यालय काठमाडौँले जनाएको छ । भक्तपुरको सूर्यविनायकमा सञ्चालित चम्पकेश्वर हार्डवेयरले तराजु दर्ता नगरी हार्डवेयरका सामग्री बिक्रीवितरण गरेकाले कारबाही गरिएको नापतौल कार्यालयले जनाएको छ । उक्त हार्डवेयरलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ । काठमाडौँको कालीमाटीमा सञ्चालित एचआर ट्रेड लिङ्कले तोकिएको तौलभन्दा कम तौल चामल बिक्रीवितरण गरी ठगी गरेकाले नापतौल कार्यालयले कारबाही गरेको हो । उक्त कम्पनीले तराजुसमेत दर्ता नगरेको फेला परेको छ । सो कम्पनीविरुद्ध नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । काठमाडौँको मूलपानीमा सञ्चालित जी एन्ड जी हार्डवेयरले तराजु दर्ता नगरी सामान बिक्रीवितरण गरेकाले कारबाही गरेको हो । उक्त हार्डवेयरलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी नापतौल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ । वीरगञ्जमा सञ्चालित इन्टरनेशनल सिमेन्ट प्रालिले तौलभन्दा घटी सिमेन्ट बिक्रीवितरण गरी ठगी गरेकाले कारबाही गरिएको नापतौल कार्यालयले जनाएको छ । सो सिमेन्ट कम्पनीलाई नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । यसबाहेक चारवटा ट्याक्सी चालकविरुद्ध पनि नापतौल कार्यालयले कारबाहीको माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले बा१ज १५०३, बा १ज४७४९, बा१ज १६६७ र बा१ज ८८८२ नंको ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी पुडासैनीले पाँच वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाएको, दिउँसै रातिको भाडा लिएर (डेडी हानेको), मिटर बिगारेर ट्याक्सी चलाएर उपभोक्ता ठगी गरेकाले अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो । उक्त ट्याक्सीविरुद्ध एक वर्षदेखि तीन वर्षसम्म कैद र रु १० हजारदेखि ३० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको नापतौल कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरेको बताउनुहुन्छ । “आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउछौँ,” उहाँ भन्नुहुन्छ । सो कार्यालयले आव २०७८÷७९ मा रु एक करोड ८५ लाख ५४ हजार तीन सय ७८ राजश्व सङ्कलन गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology