Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

उद्योगमा लगानी ः ६२ वर्षमा २६ खर्ब बढीको प्रस्ताव

  • पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षत्रेमा रु २६ खर्ब बढी लगानी भएको पाइएको छ । यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि लगानीको मात्रामा क्रमशः वृद्धि गर्दै गएको देखिन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷०७९ सम्म उद्योग (विभिन्न क्षेत्रका उद्योगमा) मात्रै रु २६ खर्ब २७ अर्ब बढीको लगानी प्रस्ताव आएको उल्लेख छ । नेपालमा विशेष गरी आर्थिक वर्ष २०१७÷०१८ सालदेखि २०७८÷०७९ सम्म आठ हजार ७६४ उद्योगका लागि उक्त परिमाणको लगानी प्रस्ताव आएको हो । तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानीको प्रस्ताव साना उद्योगमा रहेको छ । विवरणअनुसार साना उद्योग पाँच हजार ४४२, मझौला उद्योग दुई हजार १७ र ठूला उद्योग एक हजार ३०५ दर्ता भएका छन् । तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगले छ लाख ५७ हजार ५०७ लाई रोजगारी दिने उल्लेख गरिएको छ । एक वर्षमै थपियो एक खर्ब ८७ अर्ब कोरोना महामारीपछि विस्तारै स्वदेशी तथा विदेशी लगानीका उद्योगमा प्रतिबद्धता आउने क्रममा वृद्धि हुन थालेको विभागका सम्बद्ध अधिकारीको भनाइ छ । विभागका सूचना अधिकारी पूर्णिमा उपाध्यायले कोरोना पछि उद्योगको सङ्ख्यासँगै लगानीमा समेत वृद्धि हुन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार गत आव २०७७÷०७८ को तुलनामा २०७८÷०७९ मा स्वदेशी लगानीका उद्योगमा मात्रै रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । आव २०७७÷०७८ मा २०३ उद्योगका लागि रु एक खर्ब ५६ अर्ब बढीको लगानी प्रस्ताव आएकोमा गत आव २०७८÷०७९ मा रु तीन खर्ब ४३ अर्ब ५५ करोड बढीको लगानी प्रस्ताव आएको छ । एक वर्षको अवधिमा रु एक खर्ब ८७ अर्ब बढीको लगानी प्रस्ताव आएको हो । गत आव २०७८÷०७९ मा ३०९ वटा उद्योग दर्ता भएकामा ९१ वटा ठूला उद्योेग, १०८ वटा मझौला र ११० वटा साना उद्योगमा दर्ता भएका छन् । गत आव २०७७÷०७८ मा २०३ वटा उद्योग दर्ता भएका थिए । बढ्यो विदेशी लगानी विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी लगानी प्रतिबद्धतामा समेत वृद्धि भएको छ । एक वर्षको अवधिमा विदेशी लगानीका उद्योगमा रु २२ अर्ब आठ करोड बराबरको लगानी प्रतिबद्धता थपिएको हो । आव २०७८÷०७९ को एक वर्षको अवधिमा २९५ विदेशी लगानीका उद्योगमा रु ५४ अर्ब १५ करोड बढीको लगानी प्रतिबद्धता आएकोे छ । आव २०७७÷०७८ मा १८४ उद्योगका लागि रु ३२ अर्ब सात करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो । उद्योग विभाग स्थापना भएदेखि हालसम्म रु चार खर्ब १९ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । कुनमा उद्योगमा कति प्रतिबद्धता ? गत आवमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएको छ । एक वर्षका अवधिमा ९७ सेवामूलक क्षेत्रका उद्योगमा मात्रै रु २७ अर्ब २९ करोड ८१ लाख बढीको लगानी प्रतिबद्धता आएको देखिन्छ । सेवामूलकपछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । सेवामूलक क्षेत्रका उद्योगभन्दा पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या धेरै भए तापनि सेवामूलक क्षेत्रका उद्योगमा बढी लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्कअनुसार पर्यटन क्षेत्रमा १२४ उद्योगका लागि रु १९ अर्ब ६० करोड १५ लाख बढीको प्रतिबद्धता आएकोे हो । यस्तै, कृषि क्षेत्रमा चार उद्योगका लागि रु साठी करोड, ऊर्जा क्षेत्रमा एक उद्योगका लागि रु दश करोड ६२ लाख, सूचना प्रविधि क्षेत्रमा छ उद्योगका लागि रु ४७ करोड, पूर्वाधार क्षेत्रका आठ उद्योगका लागि रु एक अर्ब ७२ करोड ४० लाख र उत्पादनमूलक क्षेत्रका ५१ उद्योगका लागि रु आठ अर्ब १४ करोड बराबरको प्रतिबद्धता आएको हो । लगानी प्रतिबद्धतासँगै स्वदेशी लगानीका उद्योगले २८ हजार ५२७ र विदेशी लगानीका उद्योगले १६ हजार ९१९ गरी ४५ हजार ३४६ लाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । स्वदेशी लगानीका ३०९ उद्योग दर्ता विभागको तथ्याङ्कअनुसार एक वर्षका अवधिमा स्वदेशी लगानीमा ३०९ वटा उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रका उद्योगमा आएको छ । ऊर्जामूलक क्षेत्रका ५० वटा उद्योगमा रु एक खर्ब ७० अर्ब ७६ करोड ७४ लाख ७३ हजार बराबरको लगानी प्रस्ताव आएको हो । यस्तै, ऊर्जापछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएका छन् । एक वर्षको अवधिमा ११५ सेवामूलक क्षेत्रका उद्योग दर्ता हुँदा रु ८९ अर्ब ७९ करोड ४१ लाख ९१ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रका ५८ उद्योगमा रु २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार, सेवामूलक क्षेत्रका ४६ उद्योगका लागि रु ४६ अर्ब ७५ करोड ५८ लाख, कृषि क्षेत्रमा २१ उद्योगका लागि रु पाँच अर्ब २८ करोड ९० लाख ९९ हजार, सूचना प्रविधि क्षेत्रमा ११ उद्योगका लागि र एक अर्ब ८९ करोड ८५ लाख, पूर्वाधार क्षेत्रका पाँच उद्योगका लागि रु दुई अर्ब २७ करोड ९१ लाख र दुईवटा खनिज उद्योगका लागि रु २५ करोड ९९ लाख बराबरको लगानी प्रतिबद्धता आएको हो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology