बागमती प्रदेशको राजधानी हेटौडा–६ स्थित गौरिटार रंगशालामा मंगलबार सुरु भएको स्थानीय तह छैठौँ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार न्युरोडटिम (एनआरटी) काठमाण्डौँ र हिमालयन शेर्पा क्लब काठमाण्डौँ बीच महा भीड्नत हुने भएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा तथा हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा बुधबार न्युरोडटिम (एनआरटी) काठमाण्डौँ र हिमालयन शेर्पा क्लब काठमाण्डौँ बीच दिउँसो २ बजे भिडन्त हुने भएको हो । प्रतियोगिता अन्तर्गत आजको खेलको विजेता टिमले क्वाटर फाइनलको चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोकृष्ठ खेलाडीका लागि हेटौंडा–४ का व्यावसायी सन्तोष गौतमले ३ सय ५० सिसिको बाइक प्रयोजन गरेका छन् ।। प्रतियोगिताको प्रत्येक खेलको म्यान अफद म्याचका लागि पनि नगद १० हजार रुपैयाँको व्यवस्था गरिएको छ । प्रतियोगितामा १२ वटा टोलिको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुनेछ ।
























प्रतिक्रिया दिनुहोस्