हेटौंडा । हेटौंडा फुटबल एकेडेमी मकवानपुरका टोली छिमेकी मूलूक प्रस्थान गरेका छन् । छिमेकी मूलूक भारतको सिक्किम प्रदेशमा स्वतन्त्र दिवसको अवसरमा हरेक वर्ष आयोजना हुने गरेको फुटबल प्रतियोगिताहरुमा सहभागी हुन नेपाल र आफ्‌नो मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै आइतबार हेटौंडा फुटबल एकेडेमीको टोली सिक्किम प्रस्थान गरेका हुन् ।

हेटौंडा फुटबल एकेडेमीको टोली सिक्किमको १५ लाख पुरस्कार राशिको फुटबल प्रतियिोगिता, १० लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता, गत वर्ष उपाधि जितेको मुनसोङको ८० औं स्वतन्त्र दिवसको फुटबल प्रतियोगिता, नाम्ची जिल्लाको भाइचिङ्ग भुटियाको फुटबल प्रतियोगिता, पायोङ्ग जिल्लास्थित रम्फोको फुटबल प्रतियोगिता, सीता देवी शर्मा स्मृति फुटबल प्रतियोगिता लगायत अन्य प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि सिक्किम प्रस्थान गरेको एकेडेमीका प्रशिक्षक तथा अध्यक्ष भीम लामाले बताएका छन् ।

हेटौंडा फुटबल एकेडेमले आफ्नो पहिलो खेलमा मनसुनमा हुने ८० औँ स्वतन्त्र दिवसको फुटबल प्रतियोगितामा साउन १५ गते माम्रिङ ब्वाइजको सामना गर्नुपर्नेछ भने दोस्रो खेलमा सीतादेवी स्मृति फुटबल प्रतियोगितामा साउन १८ गते सिक्किम पुलिसको सामना गर्नुपर्नेछ । मौसम फुटबल प्रतियोगिताको पहिलो पुरस्कार राशि रु. १ लाख ५० र सीतादेवी फुटबल प्रतियोगिताको पुरस्कार राशि १५ लाख रुपैयाँ रहेको छ ।

हेटौंडा फुटबल एकेडेमीको टोली फुटबल प्रतियोगितामा सहभागी हुन २० जना खेलाडी, अफिसियल, टिम म्यानेजर र टिम प्रशिक्षकसहित २५ सदस्यको टोली आइतबार साँझ १० बजेको समयमा सिक्किम जानका लागि पहिले झापा जिल्लाको मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा सम्मको यात्रा तय गरेका छन् । सोमबार बिहान काँकडभिट्टाबाट छिमेकी मूलूक भारतको पश्चिम बंगाल राज्यको पानीटंकीमा पुगेर पुनःआफ्‌नो यात्रा सुरु गरेर साँझा सम्म सिक्किम पुग्ने एकेडेमीका प्रशिक्षक भीम लामाले बताए ।

एकेडेमीका टोलीलाई सिक्किमको प्रतियोगितामा सहभागी हुन ए डिभिजनका अन्तर्राष्ट्रिय खेलाडी कृशल मोक्तान र काठमाडौंको मनास्लु वर्ल्ड कलेजबाट गेन्द्र लामाले आवश्यक जर्सी कट्टु सहयोग गरेका थिए । यस्तै, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी र हिमालयन कफी बारिष्टा एण्ड तालिम सेन्टरका सञ्चालक रन्विर मगरले ५ हजार रुपैयाँको नगद र ५ हजार रुपैयाँ बराबरको जुराफ सहयोग गरेका थिए भने जीएस निकेशत बोर्डिङका प्रिन्सीपल इश्वर प्रसाद लामिछानेले ४ हजार रुपैयाँको नगद रकम सहयोग गरेका थिए ।

हेटौंडा फुटबल एकेडेमी टोली विगत ३ वर्षदेखि इन्डिपेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छन् । पहिलो पटक प्रतियोगितामा सहभागी हुँदा उपविजेता बनेको हेटौंडा फुटबल एकेडेमी लगातार दोस्रो र तेस्रो पटक भने विजेता बनेर एक लाख रुपैयाँको नगद पुरस्कार राशि मेडल तथा प्रमाणपात्र जितेको थियो । गत वर्ष सिक्किमको मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा सम्पन्न भएको ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको फाइनल खेलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले दोस्रो पटक उपाधि जितेको थियो