हेटौंडा । हेटौंडामा जारी अन्तरक्लबस्तरीय ८ ए साइट फुटबल प्रतियोगितामा हेटौंडा–१५,स्थित न्यू डाँफे युथ क्लबको भेट्रान्स टिम पराजित भएको छ । नागस्वतीय युथ क्लबको आयोजनामा सोमबार हेटौंडा–७,स्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो खेलमा जीतपूर सिमरा उपमहानगरपालिकाको विकासशील भेट्रान्सँग २–० गोलले पराजित भएको छ । सोमबारको खेलमा पराजित भएसँग हेटौंडाको न्यू डाँफे क्लब प्रतियोगिताबाट बाहिरिएको छ भने विकासशील भेट्रान्सले आफ्नो क्वार्टरफाइनलको स्थान सुरक्षित गरेको छ ।

गोल गर्ने प्रयास गर्दै न्यू डाँफे क्लबका खेलाडी भीम लामा ।
विकासशील भेट्रान्सको टिमले पहिलो हाफमा गोल गर्दै सुरुवाती अग्रता दिलाएको थियो भने दोस हाफको खेलमा अर्को गोल गर्दै टिमलाई २–० गोल अन्तरले जीत दिलाएको थियो । प्रतियोगिता ३० वर्ष भन्दा अधिक उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउनेगरी आयोजना गरिएको छ । हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कार्यालयको प्रयोजनमा सुरु भएको प्रतियोगितमा १६ वटा टिमको सहभागिता रहेको छ ।
खेलमा केन्द्रीत हुँदै डाँफेका खेलाडी भीम लामा र अर्का एक खेलाडी ।

प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल यही शनिबार हुने आयोजकले जानकारी दिएको छ ।


















प्रतिक्रिया दिनुहोस्