बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।

सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार बिहान ८ बजेदेखी सुरु भएको हो।

आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।

यसैक्रममा केहिबेर अघि हेटौंडा उपमहानगर१९मा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदी विजयी भएका छन् ।
उनले १४२३ मत प्रात गरे ।

उनका प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका रामकुमार थापाले १ हजार २०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै गरि माओवादीका प्रकास लामा थोकरले ९६३ मत प्राप्त गरेका छन् भने कुल ५२५० मतदाता रहेको ३९२५ मत खसेको थियो ।
यो वडामा एमालेले खाता खोलेको हो ।

यसअघि पनि वडा नम्वर १ मा नेपाली कांग्रेसका सविन न्यौपाने र वडा नम्वर २ मा कांग्रेसका विष्णु गोपाल महर्जन विजयी भएका छन् । मतगणना जारी रहेको छ ।